Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप सुरु हुनुअघि विवादै विवाद: भिसा समस्या, महँगो टिकट र अस्तव्यस्त व्यवस्थापन

विश्वकप सुरु हुनुअघि विवादै विवाद: भिसा समस्या, महँगो टिकट र अस्तव्यस्त व्यवस्थापन

images
  • विश्वकप सुरु हुनुअघि विवादै विवाद: भिसा समस्या, महँगो टिकट र अस्तव्यस्त व्यवस्थापन
    images
    images

    काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर मैदानमा खेल सुरु हुनुअघि नै यो प्रतियोगिता विभिन्न विवादका कारण चर्चामा आएको छ । खेलाडी र अधिकारीहरूले प्रवेशाज्ञा तथा आगमन प्रक्रियामा समस्या भोगिरहेका छन् भने प्रवेशपत्र बिक्रीलाई लिएर पनि फिफामाथि आलोचना बढेको छ ।

    images
    images
    images

    सबैभन्दा ठूलो विवाद सोमालियाका रेफ्री उमर अब्दुलकादिर आर्टनसँग सम्बन्धित रहेको छ । रिपोर्ट अनुसार उनलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश अनुमति नदिइ पुनः इस्तानबुल फर्काइएको छ । यस घटनापछि सोमालियाका प्रधानमन्त्री हसन अली खैरेले कडा असन्तोष व्यक्त गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'अफ्रिकाका उत्कृष्ट र विश्वकै प्रमुख रेफ्रीमध्येका उमर आर्टनले प्रवेशाज्ञा सम्बन्धी समस्याका कारण विश्वकपमा रेफ्रीको भूमिका निभाउन नपाउने खबरले म अत्यन्तै निराश छु । उमरले आफ्नो प्रतिभा, कडा मेहनत, व्यावसायिकता र इमानदारीका आधारमा यो स्थान हासिल गरेका हुन् ।'

    images
    images
    images

    यो विवाद केवल रेफ्रीमा मात्र सीमित रहेन । इराकका उपकप्तान तथा प्रमुख स्ट्राइकर अयमान हुसेनलाई पनि अमेरिका पुगेपछि करिब सात घण्टा सोधपुछका लागि रोकिएको थियो । उनी त्यही खेलाडी हुन् जसले इराकलाई विश्वकपमा पुर्‍याउने निर्णायक गोल गरेका थिए ।

    उनका साथै टोलीका एक अन्य खेलाडी र एक फोटोग्राफरलाई पनि सोधपुछ गरिएको थियो । पछि अयमान हुसेनलाई प्रवेश अनुमति दिइयो तर फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन ।

    रिपोर्ट अनुसार अमेरिका र ईरानबीचको राजनीतिक तनावको असर फुटबलमा पनि परेको छ । ईरानी खेलाडीहरूले प्रतियोगिता सुरु हुन १० दिनअघि मात्र प्रवेशाज्ञा पाएका हुन् । ईरानी प्रतिनिधिमण्डलका केही प्रशासनिक सदस्यलाई भने प्रवेश अनुमति दिइएन । ईरानका राजदूत अली पसंदीदेहले ७० सदस्यीय टोलीमध्ये १५ जनालाई अमेरिका प्रवेश नदिइएको दाबी गरेका छन् ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईरानी टोलीको सहभागिताबारे टिप्पणी गर्दै सुरक्षा कारण देखाउँदै प्रश्न उठाएका थिए ।

    प्रतियोगिताका प्रवेशपत्रको मूल्यलाई लिएर पनि फिफा आलोचनाको केन्द्रमा परेको छ । युरोपका धेरै समर्थक समूहहरूले महँगो मूल्यको गुनासो गरेका छन् । रिपोर्ट अनुसार समूह चरणको सबैभन्दा सस्तो प्रवेशपत्र करिब १३ हजार रुपैयाँ बराबर १४० अमेरिकी डलरबाट सुरु हुन्छ भने फाइनलको प्रवेशपत्र करिब ८ लाख ३० हजार रुपैयाँ बराबर ८ हजार ६८० डलरसम्म पुगेको छ । माग बढ्दै जाँदा मूल्य स्वतः बढ्ने प्रणालीले समस्या झनै बढाएको आरोप छ ।

    स्कटल्यान्डका केही समर्थकहरूले पहिले अनुमति पाए पनि पछि स्थिति परिवर्तन भएको गुनासो गरेका छन् । यसले उनीहरूको यात्रा र होटल खर्च डुबेको बताएका छन् । त्यस्तै केही समर्थकहरूले मैदान नजिकको सिट खरिद गरे पनि पछि थप अस्थायी संरचना बनाइएकाले दृश्य अवरुद्ध भएको आरोप लगाएका छन् ।

    १२ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा ४८ टोली सहभागी हुनेछन् र कुल १०४ खेल खेलाइनेछ । तर प्रतियोगिता सुरु हुनुअघि नै देखिएका भिसा समस्या, रेफ्री विवाद, प्रवेशपत्रको महँगो मूल्य र समर्थकका गुनासाले आयोजक तयारीमाथि प्रश्न उठाएको छ ।

    विश्व फुटबलको यो महाकुम्भ समयमै सुरु हुने तयारीमा भए पनि, सुरुवातअघि नै देखिएको विवादको लामो सूचीले प्रतियोगिताको चमक केही हदसम्म धमिलो बनाएको देखिन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # २०२६ को विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।