Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा

अब संसदमा प्रधानमन्त्रीलाई खोज्दैनौं- भिष्मराज आङदेम्बे

अब संसदमा प्रधानमन्त्रीलाई खोज्दैनौं- भिष्मराज आङदेम्बे

images
  • अब संसदमा प्रधानमन्त्रीलाई खोज्दैनौं- भिष्मराज आङदेम्बे
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले अब संसदमा प्रधानमन्त्रीलाई नखोज्ने बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने- 'म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।' 

    images
    images
    images

    उनले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएकै हो भन्दै यसमा जति रफ्फु लगाएपनि सत्य यहि भएको बताए ।

    images
    images
    images

    उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिदा पनि सत्ता पक्षका सांसदले टेबुल ठोकेर समर्थन गरेको उल्लेख गर्दै त्यो घटना आफ्नो जीवनकै पीडादायक क्षण भएको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।