आमा भनूँ कि तिमीलाई भनूँ जगतकी जननी,
माया गर्छौ मलाई बढी, आफ्नो प्राणभन्दा पनि ।
अमूल्य माया दिन्छौ तिमी मलाई,
कसरी व्यक्त गरूँ शब्दमा तिम्रो ममतालाई ?
आजसम्म भगवानलाई देखेकी छैन मैले,
तर भगवानकै स्वरूप देख्छु म तिमिलाई जहिले ।
दुःख–कष्ट सहेकी हौली मलाई जन्माउँदा,
कति खुसी हुन्छ्यौ होला आमा, मलाई रमाएको देख्दा ।
मलाई चोट लाग्दा तिम्रा आँखा रसाउँछन्,
मेरो हरेक सफलतामा तिम्रै आशीर्वाद झल्काउँछन् ।
मिल्ने भए मेरो बाँकी जीवन तिमीलाई नै दिन्थेँ,
हरेक जन्ममा मेरी आमा तिमी नै बनून् भनी चाहन्थेँ ।
- निशा नेपाली
ग्रीनप्लान्ट आवासीय मावि, देवदह ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology