Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

images
  • शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल
    images
    images

    काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, नेपालको शिक्षा क्षेत्रमा स्वीट्जरल्याण्डले गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    स्वीट्जरल्याण्ड नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको विकास साझेदार राष्ट्र हो । विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    images
    images
    images

    हाल स्विस विकास तथा सहयोग एजेन्सीको सहयोगमा सिटिइभिटीमार्फत राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, दिगो तथा सम्मानजनक रोजगारीका लागि सीप अभिवृद्धि र युवाका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमसम्बन्धी तीन परियोजना सञ्चालनमा रहेका छन् ।

    भेटका क्रममा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीट्जरल्याण्डबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा तथा विकास क्षेत्रमा स्विस सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

    उनले सिटिइभिटी सम्बन्धी ऐनको मस्यौदा तयारीको चरणमा रहेको र प्राविधिक शिक्षालाई समयानुकूल बनाउन विज्ञ समूहसँग परामर्श भइरहेको जानकारी दिँदै यसलाई छिट्टै संसद्मा प्रस्तुत गर्ने तयारी रहेको बताए ।

    मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा स्विस सरकारको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरे । साथै प्राविधिक शिक्षासँगै डिजिटलीकरण र समावेशी शिक्षाका क्षेत्रमा पनि सहकार्य विस्तार गर्न सकिने धारणा राखे ।

    उनले सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति अनुसार काम अघि बढिरहेको जानकारी दिँदै विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दै आएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै त्यसलाई पाठ्यक्रममै समावेश गरी देशभर विस्तार गर्ने योजना रहेको जानकारी पनि दिए ।

    भेटका क्रममा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीट्जरल्याण्डले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारका प्राथमिकताअनुसार सहकार्य गर्न स्विस सरकार सधैँ तयार रहेको बताए ।

    साथै, हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीनवटा परियोजनालाई एकीकृत गरी थप प्रभावकारी ढंगले अघि बढाउने योजना रहेको जानकारी पनि गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षामन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।