Logo

२०८३, श्रावण ३०गते


images
images

कोभिड विरुद्धको लडाइ

बुटवलमा अक्सिजन बैंकको सुरुवात

बुटवलमा अक्सिजन बैंकको सुरुवात

images
  • बुटवलमा अक्सिजन बैंकको सुरुवात
    images
    images

    बुटवल । कोभिड - १९ ले आम जनजीवन  त्राही त्राही पारेको बेला संघीय सरकार र प्रदेश सरकार कसरी सत्ताको सिनो जोगाइराख्ने भन्नेमै अल्झिएको छ । सत्ता बाहिर जीवन नै नदेख्नेहरुको हातमा सत्ताको डाडुपनियो परेपछी यो भन्दा धेरै के नै पो हुन सक्छ र ?

    images
    images
    images

    तर स्थानीय तहहरुले भने आफ्ना नागरिक जोगाउन हरसम्भव प्रयास गर्दै आएका छन । त्यसको एक उदाहरण हो बुटवल उप-महानगरपालिका । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिकामा होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने गरी बुटवल उपमहानगरपालिकामा `अक्सिजन बैंक´सेवा शुभारम्भ भएको छ ! 

    images
    images
    images

    प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गरेका छन् । उक्त अवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराईलगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता जनाएका छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।