Logo

२०८३, आश्विन ९गते


images
images

उरुग्वे साउदी अरेबियासँग बराबरीमा रोकियो

उरुग्वे साउदी अरेबियासँग बराबरीमा रोकियो

images
  • उरुग्वे साउदी अरेबियासँग बराबरीमा रोकियो
    images
    images

    काठमाडौँ । म्याक्सी अराउजोको खेलको अन्तिम चरणमा आएको गोलको मद्दतमा उरुग्वेले विश्वकप समूह ‘एच’ को पहिलो खेलमा साउदी अरेबियासँग १–१ को बराबरी खेलेको छ ।

    images
    images
    images

    सन् २०२२ को कतार विश्वकपमा पहिलो खेलमै पछि उपाधि विजेता बनेको अर्जेन्टिनालाई हराएर संसारलाई चकित पारेको साउदी अरेबिया यसपटक पनि अर्को ऐतिहासिक जितको नजिक पुगेको थियो । तर दोस्रो हाफमा उरुग्वेको निरन्तर दबाबलाई उसले अन्तिमसम्म थेग्न सकेन ।

    images
    images
    images

    पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा साउदी अरेबियाले अग्रता लिएको थियो । कर्नरबाट हसन अल ताम्बाक्तीले गरेको शक्तिशाली हेडर उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले रोके पनि फर्किएको बललाई अब्दुलेलाह अल अम्रीले जाली चुमाएका थिए ।

    images
    images
    images

    त्यसपछि साउदी अरेबिया अर्को ऐतिहासिक जितको सपना देख्न थालेको थियो । तर विश्रामपछि उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले दुई खेलाडी परिवर्तन गरे । यसक्रममा पूर्व लिभरपुल फरवार्ड डार्विन नुनेजलाई बाहिर निकालिएको थियो, जसले टोलीमा नयाँ ऊर्जा थप्यो ।

    उरुग्वेले लगातार दबाब बढाउँदै जाँदा साउदी गोलरक्षक मोहम्मद अल ओवैसले मिडफिल्डर मानुएल उगार्टेको तल्लो प्रहारलाई पोस्टमा फर्काइदिएका थिए ।

    यद्यपि खेल सकिन १० मिनेट बाँकी रहँदा उरुग्वेले बराबरी गोल फर्कायो । फेडेरिको भिन्यासको हेडरलाई अल ओवैसले रोकेर फर्काए पनि बल म्याक्सी अराउजोतर्फ पुगेको थियो र उनले त्यसलाई गोलमा परिणत गरेका थिए ।

    साउदी गोलरक्षक अल ओवैसले खेलभर नौ वटा महत्वपूर्ण बचाउ गरे । उनले इन्जुरी समयमा रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्देको शक्तिशाली प्रहारलाई पनि पोस्टबाहिर धकेल्दै टोलीलाई हारबाट जोगाएका थिए ।

    यस बराबरीसँगै दुवै टोलीले समूह ‘एच’ मा एक-एक अंक बाँडेका छन्।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप २०२६
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।