Logo

२०८३, आश्विन १०गते


images
images

मतदान सकिएको २ दिनपछि एमालेले भन्यो - 'गठबन्धनले बुथ कब्जा गर्यो, निर्वाचनमा धाँधली भयो'

मतदान सकिएको २ दिनपछि एमालेले भन्यो - 'गठबन्धनले बुथ कब्जा गर्यो, निर्वाचनमा धाँधली भयो'

images
  • मतदान सकिएको २ दिनपछि एमालेले भन्यो - 'गठबन्धनले बुथ कब्जा गर्यो, निर्वाचनमा धाँधली भयो'
    images
    images

    काठमाण्डाै । देशका सबै स्थानीय तहका पालिकाको मत गणना हुँदै गर्दा मुख्य महानगर, उपमहानगर र नगरपालिकाको सुरुवाती गणनामा पछि परेपछि नेकपा एमालेले स्थानीय चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । निर्वाचन सकिएको ४८ घण्टा सम्म चुप बसेको एमालेले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा बुथ कब्जा सम्मको धाँधली भएको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाएका हुन् । 

    images
    images
    images

    निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको एमालेको आरोप छ । 

    images
    images
    images

    एमालेका मतदाता र उम्मेदवारलाई हत्या र गिरफ्तार गर्ने, सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुँदा समेत रोक्न प्रयास नगर्ने, बुथ कब्जा गर्ने तथा मतगणनाको क्रममा पनि गठबन्धनलाई फाइदा हुने गरी बदर मतलाई सदर गरेको, एमालेका प्रतिनिधि नै नराखेको लगायतका आरोप विज्ञप्तिमा उल्लेख छ । 

    images
    images
    images

    महासचिव शंकर पोखरेलले निकालेको विज्ञप्ति यस्तो छ - 1652616432172.jpg1652616437467.jpg1652616443181.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।