Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा

प्रधानमन्त्रीले चिया पिएको देखियो तर चिया किसानको समस्यामा चासो दिनुभएन- निश्कल राई

प्रधानमन्त्रीले चिया पिएको देखियो तर चिया किसानको समस्यामा चासो दिनुभएन- निश्कल राई

images
  • प्रधानमन्त्रीले चिया पिएको देखियो तर चिया किसानको समस्यामा चासो दिनुभएन- निश्कल राई
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह चिया उद्योगको समस्याप्रति उदासिन भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले चिया पिएको भिडियो देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको आरोप लगाएका हुन् ।

    images
    images
    images

    उनले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु तीन दिनदेखि बन्दको अवस्थामा रहेको बताउदै अहिले इलाममा मात्र ८३ वटा चिया उद्योग बन्द रहेको उल्लेख गरे ।

    images
    images
    images

    उनले यति संवेदनशिल विषयमा सरकारको ध्यान नगएको आरोप लगाउदै प्रधानमन्त्री दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त रहेको टिप्पणी गरेका थिए ।

    चिया निर्यात रोकिँदा किसानको चिया खेर गएको, उद्योग आर्थिक मारमा परेको किसान र उद्योगले बैंकबाट लिएको ऋण तिर्न समस्या आएको उल्लेख गर्दै सांसद राईले चियामा आश्रित किसानको रोजीरोटी र छोराछोरीको शिक्षामा समेत असर परेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # चिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।