देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चौंथो स्थापना दिवसको अवसरमा देवदहमा रक्तदान कार्यक्रम गरिएको छ । रास्वपा देवदहले आयोजना गरेको कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको पार्टीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रम पार्टी कार्यकर्ता एवं स्थानीय शुभचिन्तकहरुले रक्तदान गरेको पार्टी नगर सभापति असिम श्रेष्ठ जानकारी दिए ।
कार्यक्रममा पार्टीका जिल्ला सभापति महेन्द्र उपाध्याय, लुम्बिनी प्रदेश सदस्यद्वय विष्णु प्रसाद पौडेल, भगवती ढकाल लगायत रास्वपा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology