Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकपमा आयोजकले पक्षपात गरेको इरानको आरोप

विश्वकपमा आयोजकले पक्षपात गरेको इरानको आरोप

images
  • विश्वकपमा आयोजकले पक्षपात गरेको इरानको आरोप
    images
    images

    काठमाडौँ । इरान फुटबल महासंघले विश्वकप आयोजकमाथि आफ्नो राष्ट्रिय टोलीप्रति भेदभाव गरिएको आरोप लगाएको छ । महासचिव हेदायत मोम्बेनीले यसलाई विश्वकप इतिहासकै ‘कालो अध्याय’ भनेका छन् ।

    images
    images
    images

    इरानको टोली हाल मेक्सिकोमा बसिरहेको छ । टोलीले आइतबार लस एन्जलसमा बेल्जियमसँग खेल्नुअघि कम्तीमा दुई दिन पहिले अमेरिका पुग्ने अनुमति मागेको थियो, किनभने खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने तय छ । तर इरान फुटबल महासंघका अनुसार उक्त अनुरोध अस्वीकृत गरिएको छ ।

    images
    images
    images

    तिजुआनास्थित प्रशिक्षण शिविरमा पत्रकारहरूसँग कुरा गर्दै मोम्बेनीले भने, 'यो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । हामीसँग भएका सहमति र नियमको यस्तो उल्लंघनले फुटबलको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।'

    images
    images
    images

    तर अमेरिकाले इरानका आरोप अस्वीकार गरेको छ । ह्वाइट हाउसको विश्व फुटबल कार्यदलका प्रमुख एन्ड्र्यू जुलियानीले इरानलाई पहिले नै जानकारी दिइएको र उनीहरूलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश गर्न अनुमति रहने बताइएको दाबी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।