Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा संचालित 'पुरुषोत्तम महात्म्य'को आय-व्यय सार्वजनिक : ४० लाख बढी रकम संकलन

देवदहमा संचालित 'पुरुषोत्तम महात्म्य'को आय-व्यय सार्वजनिक : ४० लाख बढी रकम संकलन

images
  • देवदहमा संचालित 'पुरुषोत्तम महात्म्य'को आय-व्यय सार्वजनिक : ४० लाख बढी रकम संकलन
    images

    देवदह । रुपन्देहीको देवदह–९ घोडाहास्थित नागथान शिवालय मन्दिर परिसरमा गत जेठ महिनामा सम्पन्न ‘पुरुषोत्तम महात्म्य–२०८३’ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । शनिवार पत्रकारसहितको उपस्थितिमा पुरुषोत्तम महात्म्य मूल आयोजक समिति संयोजक देवी अधिकारीले आय–व्यय विवरण सार्वजनिक गरिन् । 

    images
    images
    images

    सार्वजनिक गरिएको विवरण अनुसार धार्मिक अनुष्ठानका क्रममा जम्मा ४० लाख ५६ हजार १९५ रुपैयाँ संकलन भएको छ । त्यसमध्ये ३१ लाख ८८ हजार ८८९ रुपैयाँ नगद प्राप्त भएको तथा ८ लाख ६७ हजार ३०६ रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।

    images
    images
    images

    कार्यक्रम सञ्चालनका लागि ६ लाख ३८ हजार ३०६ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

    images
    images

    पुरुषोत्तम मासको अवसरमा आयोजना गरिएको उक्त धार्मिक महोत्सवमा १०८ शिवलिङ्ग तथा १०८ पिपल स्थापना गर्ने लक्ष्य राखिएको थियो । जसको लागि आवश्यक रकम सहजै संकलन भएको आयोजकले जनाएको छ । 

    नागथान शिवालय मन्दिर परिसरमा आयोजित महात्म्यमा कथावाचक चन्द्रकान्त काफ्लेले कथा वाचन गरेका थिए । कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा विभिन्न क्षेत्रका दाताहरूबाट धार्मिक तथा आर्थिक सहयोग प्राप्त भएको थियो ।

    यसअघि घोडाह क्षेत्रमै दुई वटा महायज्ञ भएका थिए । २०७९ सालमा घोडाहास्थित कोटिया देवी मन्दीरमा संचालन भएको महायज्ञमा १ करोडभन्दा बढी रकम संकलन भएको जनाइएको भए पनि त्यसको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन । 

    त्यसैगरी गतसाल प्रगति सामूदायिक वन क्षेत्रमा रहेको मंगल पुष्करिणी दहमा संचालन गरिएको महायज्ञको पनि हालसम्म आर्थिक विवरण सार्वजनिक गरिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।