देवदह । लायन्स क्लब अफ देवदह पाकरी वृक्षको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक समारोह बीच क्लबको आठौँ पद तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको क्लबले जनाएको छ ।
कार्यक्रमका लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट एक्सन टिम कोअर्डिनेटर एमजेएफ विष्णु प्रसाद पौडेल, क्लबका चार्टर अध्यक्ष तथा सिनियर डिष्ट्रिक्ट एड्भाइजर मीना गुरुङ, रिजन चेयरपर्सन कमल पौडेल, जोन चेयरपर्सन माधव आचार्य, क्लबका पूर्व अध्यक्ष, बोर्ड सदस्य तथा अन्य लायन्स सदस्यहरूको उपस्थिति रहेको थियो ।
दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो सत्रको सञ्चालन निशा गुरुङ र दोस्रो सत्रको सञ्चालन पूजा ढुङ्गानाले गरे । पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष उषा सुवेदीले गरेकी थिइन् भने पदहस्तान्तरणसहित दोस्रो सत्रको अध्यक्षता नवनिर्वाचित अध्यक्ष चमेली श्रीस बुढाथोकी (बिनिता) ले गरेकी थिइन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष उषा सुवेदीले लायन्स वर्ष २०२५–२६ का गतिविधि तथा उपलब्धि समेटिएको वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology