Logo

२०८३, आश्विन १०गते


images
images

राप्रपाले मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने

राप्रपाले मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने

images
  • राप्रपाले मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी २०८३ मंसिर २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो । पार्टीले महाधिवेशनलाई केन्द्रमा राखेर संगठनात्मक गतिविधि र तयारीलाई तीव्र बनाउने निर्णय समेत गरेको छ ।

    images
    images
    images

    बैठकले सक्रिय सदस्यता वितरण, जिल्ला तथा प्रदेश अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र निर्वाचनसम्बन्धी कार्यतालिका पनि पारित गरेको छ । निर्णयअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन, असोज महिनामा प्रदेश अधिवेशन तथा मंसिरमा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गरिनेछ ।

    images
    images
    images

    अध्यक्ष लिङ्देनको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा पार्टीको भावी कार्यदिशाबारे समेत छलफल गरेको थियो ।

    राप्रपाले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धताअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको जनाएको छ । बैठकले परराष्ट्र नीति, बजेट, मूल्यवृद्धि नियन्त्रण, नदी किनारका बस्ती व्यवस्थापन, निजी क्षेत्रको लगानी वातावरण, किसानका समस्या तथा चिया क्षेत्रका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

    पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो नीति र विचारको आवश्यकता अझ बढ्दै गएको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई उच्च मनोबलका साथ संगठन निर्माणमा सक्रिय हुन आह्वान गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।