Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरा बसपार्कको कम्प्लेक्सका ३२० सटरकबल हटाइयो

पोखरा बसपार्कको कम्प्लेक्सका ३२० सटरकबल हटाइयो

images
  • पोखरा बसपार्कको कम्प्लेक्सका ३२० सटरकबल हटाइयो
    images

    पोखरा ।  पोखरा बसपार्क निर्माणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्स हटाएको छ ।

    images
    images
    images

    शनिवार कम्प्लेक्समा रहेका ३२० वटा सटरकबलहरु हटाइएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले त्यस स्थानमा रहेका सबै शटरकबलहरु हटाइएको बताए । 

    images
    images
    images

    यसअघि नगर प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवाद गरेका थिए । बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने  समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको नगर प्रमुख आचार्यले बताए । यस कार्यमा समन्वय गर्ने सबै सरोकारवालाहरू प्रति उनले आभार प्रकट गरेका छन् । 

    images
    images

    बसपार्कका लागि अधिग्रहण गरिएको सवैक्षेत्रमा बसपार्क बनाउने गरी सुकुम्वासीहरूको व्यवस्थापन लगायतमा महानगरपालिका प्रतिवृद्धताका साथ लागिरहेको बताएको छ । 

    महानगरले सुकुम्वासी बस्तीका ५७२ मध्ये ३३७ जनाको डकुमेन्ट भेरिफिकेसन सकिएको जनाएको छ । साथै महानगरले गलत वा झुट्टा विवरण दिएमा कानुनअनुसार कारबाही गरिने र सुकुम्वासी बस्ती व्यवस्थापन नगरी नहटाउने बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।