देवदह । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) देवदहको आयोजनामा कम्प्युटर शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थामा आबद्ध सम्पूर्ण विद्यालयका ६१ जना कम्प्युटर शिक्षकहरूको सहभागिता रहेको जनाइएको छ । तालिममा प्राविधिक सहयोग गुडविल पब्लिकेसन प्रा.लि.ले गरेको थियो ।
कार्यक्रमका बोल्दै देवदह नगर शिक्षा अधिकृत पर्शुराम ढकालले छोटो अवधिको तालिमले पनि धेरै कुरा सिक्न सकिने बताए । उनले ईसीएस भित्र पर्ने विषयहरूमध्ये कम्प्युटर विषय निकै महत्वपूर्ण रहेको उल्लेख गरे । प्रविधिको सहयोगमा धेरै काम गर्न सकिने तथा अहिले चर्चामा रहेको एआईको प्रयोगबाट समेत धेरै काम गर्न सकिने उनले बताए ।
तालिममा प्रशिक्षक श्यामकुमार अधिकारी र सुशान्क चापागाईंले पाठ्यक्रम, हालका आईटी प्रवृत्ति, शिक्षामा कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स–कक्षा टुल, आधुनिक शिक्षण–सिकाइ पद्धति तथा शिक्षकको भूमिकाबारे जानकारी गराए ।
संस्थाका अध्यक्ष विनोद थापा मगरको अध्यक्षता, उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचिव कमल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology