Logo

२०८३, कार्तिक २८गते


images
images

बजेट निर्माणबारे देवदह–५ ले गर्‍यो राजनीतिक दलसँग छलफल

बजेट निर्माणबारे देवदह–५ ले गर्‍यो राजनीतिक दलसँग छलफल

images
  • बजेट निर्माणबारे देवदह–५ ले गर्‍यो राजनीतिक दलसँग छलफल
    images

    देवदह । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई सहभागीमूलक बनाउने उद्देश्यले देवदह नगरपालिका वडा नं. ५ ले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ ।

    images
    images
    images

    वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा सम्पन्न छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी पौडेल, नेपाली कांग्रेसका गुनाखर भुर्तेल, नेकपा एमालेका प्रकाश अर्याल र अन्जु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका दीपक न्यौपाने र डिल्लीराम सापकोटा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका झगरिलाल मरासिनीलगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images

    छलफलमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले वडाको विकास तथा बजेट प्राथमिकताबारे आफ्ना सुझाव राखेका थिए । विशेषगरी कृषि तथा जलस्रोत संरक्षणका विषयमा जोड दिँदै उनीहरूले अनियन्त्रित रूपमा बोरिङ गाड्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।

    images
    images

    उनीहरूले भूमिगत पानीमा मात्र निर्भर हुनुभन्दा प्राकृतिक पानीका मुहान संरक्षण, तालतलैया निर्माण तथा कुलोमार्फत सिँचाइ व्यवस्थाको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको वडा कार्यालयले जनाएको छ । 

    वडा अध्यक्ष डुम्रेले बजेट निर्माण प्रक्रियामा स्थानीय सरोकारवालाको सुझावलाई समेट्दै आवश्यक योजना छनोट गरिने बताए । उनले वडाको आवश्यकता र नागरिकको अपेक्षाअनुसार विकास कार्यक्रम तय गरिने उल्लेख गरे ।

    यसअघि शनिबार वडा कार्यालयले टोल विकास संस्थाका प्रतिनिधिहरूसँग पनि छलफल गरेको थियो ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।