देवदह । रुपन्देहीको देवदह -१० चरङ्गेमा चौथो वडा अध्यक्ष कप वडा स्तरीय ७ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । देवदह-१० नं वडाको आर्थिक सहयोग र शान्ति टोल फुटबल प्रतियोगिता उपभोक्ता समितिको आयोजनामा आईतवार देखि प्रतियोगिता सुरु भएको हो ।
देवदहका वडा स्तरिय फुटबल टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक देवदह वडा नं १० ले वडा नं ५ बिलाई ३-२ गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं ६ ले वडा नं ४ लाई २-० ले पराजित गरेको छ ।
पहिलो खेलको म्यान अफ द म्याच देवदह-१० का भिम घर्ती मगर तथा दोस्रो खेलमा देवदह ६ का सागर गुरूङ भएको रेफ्री विक्की रानाले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद ३३ हजार रुपैंया, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २१ हजार रुपैंया नगद, मेडल, प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक यम बहादुर रानाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology