Logo

२०८३, कार्तिक २८गते


images
images

मनसुन

कोशी प्रदेशहुँदै भित्रिएको मनसुनी प्रणाली लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार

कोशी प्रदेशहुँदै भित्रिएको मनसुनी प्रणाली लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार

images
  • कोशी प्रदेशहुँदै भित्रिएको  मनसुनी प्रणाली लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म  विस्तार
    images

    काठमाडौँ । यस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन फैलिएको हो ।

    images
    images
    images

    विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

    images
    images

    मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । महाशाखाले अवस्थाअनुसार नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गर्ने पनि बताएको छ ।

    महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन हेर्न र अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनसुनी प्रणाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।