Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

जर्मनमा अवकाश उमेर ७० बर्ष बनाउने तयारी

जर्मनमा अवकाश उमेर ७० बर्ष बनाउने तयारी

images
  • जर्मनमा अवकाश उमेर ७० बर्ष बनाउने तयारी
    images
    images

    काठमाडौँ । जर्मन सरकारले निवृत्तिभरण प्रणालीमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ। प्रस्तावअनुसार अवकाश उमेर ६७ वर्षबाट बढाएर ७० वर्ष पुर्‍याउने योजना अघि सारिएको छ। साथै ४५ वर्षसम्म कोषमा योगदान गरेका कर्मचारीले पाउँदै आएको छिटो अवकाश सुविधा पनि हटाउने तयारी गरिएको छ।

    images
    images
    images

    जर्मन सञ्चार माध्यमका अनुसार चान्सलर फ्रेडरिक मर्ज र श्रममन्त्री बार्बेल बासको नेतृत्वमा बनेको आयोगले मंगलबार आफ्ना सिफारिस सार्वजनिक गर्नेछ। आयोगले अवकाश उमेरलाई औसत आयुसँग जोड्दै क्रमशः ७० वर्षसम्म पुर्‍याउन सुझाव दिएको छ ।

    images
    images
    images

    यसअघि ४५ वर्ष योगदान गरेका कर्मचारीले कुनै कटौती बिना चाँडै अवकाश लिन पाउने ‘पेन्शन एट ६३’ नामक योजना हटाउन पनि सिफारिस गरिएको छ ।

    images
    images
    images

    नयाँ प्रस्तावमा कर्मचारी र रोजगारदाताबाट थप २ प्रतिशत योगदान लिने कुरा पनि उल्लेख छ। यो रकम नयाँ सरकारी लगानी कोषमा जम्मा गरिनेछ। हाल जर्मनीमा निवृत्तिभरणका लागि १८.६ प्रतिशत योगदान लिइँदै आएको छ।

    सरकारले संसदको जुलाई बिदा अघि नै यो सुधार प्याकेज पारित गराउने प्रयास गरिरहेको बताइएको छ। बढ्दो वृद्ध जनसंख्या र अवकाश लिनेहरूको संख्या तीव्र रूपमा बढेपछि जर्मनीको निवृत्तिभरण प्रणालीमा दबाब बढ्दै गएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जर्मन
  • # अवकाश उमेर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।