Logo

२०८३, कार्तिक २८गते


images
images

आज विश्व एकल महिला दिवस मनाइदै

आज विश्व एकल महिला दिवस मनाइदै

images
  • आज विश्व एकल महिला दिवस मनाइदै
    images

    काठमाडौँ । आज १६ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस  नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । 

    images
    images
    images

    यस बर्षको यो दिवस 'एकल महिलाहरुका लागि न्याय, सम्मान र आर्थिक सशक्तिकरण' भन्ने नाराका साथ मनाइदैछ ।  

    images
    images
    images

    दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् ।

    images
    images

    संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो । लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकल महिला दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।