Logo

२०८३, आश्विन १०गते


images
images

असार १० गतेदेखि महानगरको विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

असार १० गतेदेखि महानगरको विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

images
  • असार १० गतेदेखि महानगरको विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरमा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खोखो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो । पहिलो पटक महानगरपालिकाव्यापी विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता २०८३ हुन गइरहेको जानकारी दिइएको हो । 

    images
    images
    images

    महानगरले ३६ लाख रुपियाँ लागत रहेको प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपियाँ प्रदान गर्नेछ । संघले ६ लाख रुपियाँ लागत व्यहोर्नेछ । प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुबै समूहका खेलाडीहरुले भाग लिनेछन् । खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको निर्णयका लागि ३० जना निर्णायक मण्डल रहने छन् । 

    images
    images
    images

    प्रतियोगितामा शान्ति निकुञ्ज मा. वि., महांकाल मा. वि., भीमसेनगोला मा. वि., पद्मकन्या मा. वि., जनप्रभात मा. वि., सहिद शुक्र मा. वि., विश्व निकेतन मा. वि., सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मा. वि. र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन् । यस खेलको एउटा टीमा १२ जना खेलाडी रहनेछन् । 

    images
    images
    images

    संघका महासचिव शंकर महर्जनले, १२ औँ र १३ औँ दक्षिण एशियाली खो खो प्रतियोगिताहरुमा लगातार कास्य र रजत पदक दिलाउँदै आएको खेल नेपाली खेलाडी बिच लोकप्रिय हुँदै गएको बताए । २०२३ नोभेम्बरमा भारतको गुवाहाटीमा सम्पन्न चौथो एशियन खो खो च्याम्पियनसिप प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ नेपालले रजत पदक प्राप्त गरेको थियो । यसरी अन्तर्राष्ट्रिय जगतमा राम्रो छवि बनाएको खो खो खेललाई थप विकास गर्न काठमाडौँ महानगरपालिकाले लगानी गरेको हो । 

    प्रतियोगिता कीर्तिपुर खो खो हलमा असार १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ । १० वटा सामुदायिक विद्यालयका टोलीले भाग लिएको यो प्रतियोगितामा महिलातर्फ १० वटा र पुरुषतर्फ ८ वटा समूहले प्रतिस्पर्धा गर्दैछन् । 

    खेलमा १८ टिमका २१६ खेलाडी तथा ३६ प्रशिक्षक र टिम व्यवस्थापक गरी २५२ जनाको प्रत्यक्ष सहभागिता रहनेछ । 

    महिला र पुरुष छुट्टाछुट्टै समूहमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुने टीमले क्रमशः २५ हजार रुपियाँ र १० हजार रुपियाँ प्राप्त गर्नेछन् । यस्तै वेष्ट रनर र वेष्ट चेजरलाई जनही १० हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको महत्वपूर्ण पक्ष भनेको खेलाडीहरुको दुर्घटना बिमा हो । खेल अवधिमा कसैलाई चोटपटक लागेमा १ लाख रुपियाँसम्मको उपचार प्रदान गरिनेछ । 

    प्रतियोगिताको लोगोको रुपमा काठमाडौँ दरबार क्षेत्रमा रहेको नौ तले दरबार अगाडि रहेको डबलीमा खो खो खेलिरहेको र पोल डाइभ दिइरहेको चित्रलाई लिइएकोछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल खोखो संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।