Logo

२०८३, आश्विन १०गते


images
images

फिफा विश्वकप

विश्वकपमा आजराती इङल्याण्ड र घाना आमने सामने

विश्वकपमा आजराती इङल्याण्ड र घाना आमने सामने

images
  • विश्वकपमा आजराती इङल्याण्ड र घाना आमने सामने
    images
    images

    काठमाडौँ । । जारी फिफा विश्वकप अन्तर्गत इङल्याण्ड र घाना आज राति आमने सामने हुदैछन् । बोस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    इङल्याण्डले जित निकालेमा र समूह एलको अर्को खेलमा क्रोएसियाले पनामाविरुद्ध जित हासिल गरेमा इङल्याण्ड समूह विजेता बन्नेछ । त्यस्तै, घानाले इङल्याण्डलाई हराए र पनामाले क्रोएसियालाई पराजित गरेमा घाना समूहको शीर्ष स्थानमा पुग्नेछ ।

    images
    images
    images

    पहिलो खेलमा दुवै टोलीले तीन-तीन अंक जोडेका थिए । घानाले पनामालाई पराजित गरेको थियो भने अर्कोतर्फ, इङल्याण्डले क्रोएसियाविरुद्धको खेल जितेको थियो ।

    images
    images
    images

    पहिलो चरणका खेलहरूमध्ये इङल्याण्डले ११ पटक लक्ष्यमा प्रहार गर्दै सबैभन्दा बढी अवसर सिर्जना गर्ने टोलीमध्ये एक बनेको छ। सेट पिस अवस्थाबाट पनि उनीहरूको आक्रमण बलियो देखिएको छ। 

    यो खेल जितेमा इङल्याण्डले विश्वकपमा लगातार पहिलो दुई खेल जित्ने अवसर पाउनेछ, जुन यसअघि सन् १९८२, २००६ र २०१८ मा मात्र सम्भव भएको थियो । केही खेलाडीका लागि यो खेल ऐतिहासिक बन्न सक्छ। गोलकिपर जोर्डन पिकफोर्ड र डिफेन्डर जोन स्टोन्स दुवैले इङल्याण्डका लागि विश्वकपमा १४औँ खेल खेल्न सक्छन्। अहिलेसम्म पिटर शिल्टनले मात्र १७ खेल खेलेका छन्।

    जुड बेलिङघमले पनि इङल्याण्डका लागि आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्न सक्छन् । खेलको दिन उनी २२ वर्ष ३५९ दिनका हुने भएकाले यो उपलब्धि हासिल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्नेछन् । ह्यारी केन पनि नयाँ कीर्तिमान नजिक छन् । यदि उनले यस खेलमा गोल गरे भने ग्यारी लिनिकरलाई पछि पार्दै विश्वकपमा इङल्याण्डका सर्वाधिक गोलकर्ता बन्नेछन् ।

    घानाको प्रशिक्षक कार्लोस केइरोज हुन्, जसले पहिले म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनसँग सहायक प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । उनले सन् २०२२ को विश्वकपमा इङल्याण्डसँग २-६ को हार बेहोरेका थिए ।

    घानाका कालेब यिरेन्कीले पनामाविरुद्ध निर्णायक गोल गरेका थिए। तर सबैको ध्यान एन्टोइन सेमेन्योमा रहनेछ, जसले क्लब फुटबलमा राम्रो सिजन बिताए पनि पहिलो खेलमा खास प्रभाव पार्न सकेनन् ।

    इङल्याण्ड र घाना पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन् । यसअघि उनीहरूबीच सन् २०११ मा वेम्बलीमा मैत्रीपूर्ण खेल भएको थियो, जुन १-१ गोलको बराबरीमा सकिएको थियो ।

    इङल्याण्ड विश्वकपमा अफ्रिकी टोलीविरुद्ध अपराजित छ, पाँच जित र तीन बराबरीसहित । यो खेल इङल्याण्डले विश्वकपमा आठौँ फरक अफ्रिकी टोलीसँग खेल्ने अवसर पनि हो, जुन यसअघि मोरक्को, इजिप्ट, क्यामरुन, ट्युनिसिया, नाइजेरिया, अल्जेरिया र सेनेगलसँग खेलिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।