Logo

२०८३, श्रावण ३१गते


images
images

रास्वपा महाधिवेशन

रास्वपाको मतदान जारी: अपराहन्न १२ बजे सकिने

रास्वपाको मतदान जारी: अपराहन्न १२ बजे सकिने

images
  • रास्वपाको मतदान जारी: अपराहन्न १२ बजे सकिने
    images
    images

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गर्न चितवनमा जारी प्रथम महाधिवेशनमा पहिलो चरणको मतदान जारी रहेको छ ।

    images
    images
    images

    गएराती १२ बजेदेखि शुरु भएको मतदान आज अपराहन्न १२ बजे सम्म हुने जानकारी दिइएको छ ।

    images
    images
    images

    पहिलो चरणमा ९९ केन्द्रीय सदस्यको लागि मतदान भइरहेको छ । प्रतिनिधि छनौट र मतदानको प्राविधिक पक्ष मिलाउनेक्रममा बुधबार मध्यरातबाट मात्र मतदान प्रक्रिया सुरु गरिएको हो ।

    images
    images
    images

    रास्वपाको यस प्रथम महाधिवशेनले १५८ सदस्यीय कार्यसमिति चयन गर्दैछ । जसमा १९ जना पदाधिकारी रहनेछन् । सभापति एक जना, वरिष्ठ नेता एक जना, उपसभापति कम्तिमा एक महिलासहित तीन जना, महामन्त्री दुई जना, सहमहामन्त्री कम्तीमा एक महिलासहित पाँच जना, कोषाध्यक्ष एक जना, सहकोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सहप्रवक्ता तीन जनाको पदाधिकारी रहने छ । त्यस्तै सात प्रदेशका सभापति स्वत: केन्द्रीय सदस्य हुने नयाँ विधानमा व्यवस्था गरिएको छ । 

    जस अनुसार ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जान सभापतिबाट मनोनीत गरिने व्यवस्था गरिएको छ । पदाधिकारीको निर्वाचन केन्द्रीय सदस्यमा विजयी उम्मेदवारले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था रहेको छ । पदाधिकारीमा २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीका दोस्रो चरणमा निर्वाचन हुनेछ । त्यस्तै १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता सभापतिले मनोनीत गर्ने नयाँ विधानमा व्यवस्था गरिएको छ ।

    त्यस्तै वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहलाई मनोनित गर्ने व्यवस्था गरिएकोले उनी चुनावी प्रक्रियामा सहभागी भएका छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।