Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप फुटबल

समुह इ बाट जर्मनी, आइभरी कोष्ट र इक्वेडर नकआउट चरणमा

समुह इ बाट जर्मनी, आइभरी कोष्ट र इक्वेडर नकआउट चरणमा

images
  • समुह इ बाट जर्मनी, आइभरी कोष्ट र इक्वेडर नकआउट चरणमा
    images
    images

    काठमाडौँ । इक्वेडरले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै नाटकीय रूपमा फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । यस जितसँगै इक्वेडरले अब अन्तिम ३२ मा इंग्ल्यान्डसँग भेट हुन सक्ने सम्भावना बनेको छ ।

    images
    images
    images

    समूह चरणका पहिलो दुई खेलमा गोल गर्न नसकेको इक्वेडरले यसअघि कुरासाओसँग गोलरहित बराबरी खेलेको थियो भने आइभरी कोस्टसँग पराजित भएको थियो । तर निर्णायक खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनिसकेको जर्मनीलाई स्तब्ध बनायो ।

    images
    images
    images

    जर्मनीले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । फ्लोरियन भिर्ट्सको आकर्षक पासमा लिरोय सानेले सहज फिनिस गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर इक्वेडरका खेलाडीहरू त्यसअघि अलेक्जान्डर पाभ्लोभिचले पेड्रो भिटेमाथि खतरनाक ट्याकल गर्दा फाउल नदिइएको भन्दै असन्तुष्ट बने । रेफ्रीले खेल जारी राखेपछि थप उत्साहित बनेको इक्वेडरले सात मिनेटपछि बराबरी गोल फर्कायो । निल्सन आङ्गुलोले शक्तिशाली प्रहारमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । दोस्रो हाफभरि पनि आक्रामक बनेको इक्वेडरले खेल सकिन १३ मिनेट बाँकी रहँदा विजयी गोल गर्‍यो । कर्नरबाट आएको बलमा जर्मनीका गोलरक्षक मानुएल नोएरभन्दा छिटो प्रतिक्रिया जनाएका गोन्जालो प्लाटाले गोल गर्दै समर्थकलाई उत्सव मनाउने अवसर दिलाए ।

    images
    images
    images

    यस नतिजासँगै समूह चरण पार गर्ने उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये पर्न स्कटल्यान्डको सम्भावना भने कमजोर बनेको छ । हारपछि पनि जर्मनी समुहको शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।

    त्यस्तै निकोलस पेपेको दुई गोलको मद्दतमा आइभरी कोस्टले कुरासाओलाई २-० ले पराजित गर्दै इतिहासमै पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ । समूह ‘ई’ को अन्तिम खेलमा आइभरी कोस्टका लागि सातौं मिनेटमा पेपेले पहिलो गोल गरे भने ६५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

    यस जितसँगै आइभरी कोस्ट ६ अंकसहित समूहको उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको हो । विश्वकपमा समूह चरणका दुई खेल जितेको यो आइभरी कोस्टको पहिलो अवसर पनि हो । कुरासाओले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । यद्यपि विश्वकपमा पहिलो पटक अंक जोड्दै टोलीले प्रभावशाली प्रदर्शन गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप फुटबल २०२६
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।