Logo

२०८३, श्रावण ३०गते


images
images

भेनेजुएलाको भूकम्प प्रभावित क्षेत्रमा स्टारलिंकले एक महिना निःशुल्क इन्टरनेट दिने

भेनेजुएलाको भूकम्प प्रभावित क्षेत्रमा स्टारलिंकले एक महिना निःशुल्क इन्टरनेट दिने

images
  • भेनेजुएलाको भूकम्प प्रभावित क्षेत्रमा स्टारलिंकले एक महिना निःशुल्क इन्टरनेट दिने
    images
    images

    काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको स्टारलिंकले भेनेजुएलाका भूकम्प प्रभावित क्षेत्रमा एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

    images
    images
    images

    कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन गर्न स्याटेलाइट इन्टरनेटमार्फत इन्टरनेट पहुँच विस्तार गर्ने काम भइरहेको जनाएको छ ।

    images
    images
    images

    स्टारलिंकले भूकम्पका कारण सञ्चार सेवा अवरुद्ध भएका स्थानमा इन्टरनेट जडान पुनःस्थापना गर्न प्राथमिकता दिइरहेको बताएको छ । प्राकृतिक विपद्का बेला सञ्चार सेवा सहज बनाउन कम्पनीले यसअघि पनि विभिन्न देशमा यस्तै सहयोग गर्दै आएको छ ।

    images
    images
    images

    स्टारलिंकको स्याटेलाइट इन्टरनेट सञ्जाल सैन्य तथा गुप्तचर प्रयोजनका साथै दुर्गम र विपद्ग्रस्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध गराउन पनि प्रयोग हुँदै आएको छ । मोबाइल तथा स्थिर टेलिफोन सेवा अवरुद्ध भएका अवस्थामा यसले इन्टरनेट सेवा पुनः सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

    मस्ककै सामाजिक सञ्जाल कम्पनि एक्स भेनेजुएलामा २०२४ देखि लगाइएको प्रतिबन्ध भूकम्पपछि हटाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्टारलिंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।