Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिकी पासपोर्टमा ट्रम्पको तस्वीर, सार्बजनिक भयो नमुना

अमेरिकी पासपोर्टमा ट्रम्पको तस्वीर, सार्बजनिक भयो नमुना

images
  • अमेरिकी पासपोर्टमा ट्रम्पको तस्वीर, सार्बजनिक भयो नमुना
    images
    images

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा सीमित संस्करणको नयाँ स्मारक राहदानी (पासपोर्ट) सार्वजनिक गरेका छन् । उनले नयाँ पासपोर्टको नमुना सार्वजनिक गर्दै यसलाई विशेष सम्झना स्वरूप तयार गरिएको बताएका हुन् ।

    images
    images
    images

    सार्वजनिक गरिएको नमुनामा ट्रम्पको ठूलो तस्बिर राष्ट्रपति कार्यकक्षको प्रसिद्ध डेस्कमाथि देखाइएको छ । पृष्ठभूमिमा अमेरिकाको स्वतन्त्रता घोषणापत्रको मूल पाठ राखिएको छ भने तल उनको हस्ताक्षर समावेश गरिएको छ । अर्को पृष्ठमा चित्रकार जोन ट्रम्बुलले बनाएको ‘स्वतन्त्रता घोषणापत्र’ सम्बन्धी ऐतिहासिक चित्र राखिएको छ ।

    images
    images
    images

    यो राहदानीमा प्रयोग गरिएको ट्रम्पको तस्बिर वासिङ्टनस्थित राष्ट्रिय चित्र सङ्ग्रहालयमा रहेको उनको आधिकारिक चित्रका आधारमा तयार गरिएको देखिन्छ । यसअघि अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको नमुनाभन्दा यो डिजाइन फरक रहेको छ ।

    images
    images
    images

    ह्वाइट हाउसले पनि यही डिजाइन भएको तस्बिर सार्वजनिक गर्दै 'अमेरिकाको २५०औँ वार्षिकोत्सवको सम्झनामा नयाँ अमेरिकी राहदानी' भन्ने सन्देश राखेको थियो।

    यस राहदानीको घोषणा पहिलो पटक गत अप्रिलमा अमेरिकाको २५०औँ वार्षिकोत्सव मनाउने कार्यक्रमअन्तर्गत गरिएको थियो । यसको बाहिरी तथा भित्री आवरणमा विशेष कलात्मक डिजाइन र ऐतिहासिक तस्बिरहरू समावेश गरिएको सरकारले जनाएको छ ।

    अमेरिकी अधिकारीहरूका अनुसार यो सीमित संस्करणको राहदानी उपलब्ध भएपछि वासिङ्टनस्थित राहदानी कार्यालयबाट प्रत्यक्ष रूपमा राहदानी नवीकरण गर्ने सेवाग्राहीलाई प्राथमिक रूपमा उपलब्ध गराइनेछ । अन्य कार्यालय तथा अनलाइनमार्फत राहदानी नवीकरण गर्नेहरूका लागि भने हालकै डिजाइनको राहदानी कायम रहनेछ ।

    हाल प्रयोगमा रहेको अमेरिकी राहदानीको भित्री आवरणमा चित्रकार पर्सी मोरानले बनाएको फ्रान्सिस स्कट कीको ऐतिहासिक चित्र रहेको छ । त्यही युद्धपछि उनले अमेरिकाको राष्ट्रिय गान बनेको गीत लेखेका थिए, जसका केही हरफहरू पनि राहदानीको भित्री भागमा छापिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।