बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् ।
जसपाका विद्याप्रसाद यादवले ७ हजार ४९६ मत ल्याउँदै अध्यक्ष जितेका हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिरअलि भाटले ६ हजार ४५८ मत पाए ।
यहाँ नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि परे । एमालेका सनोजकुमार यादवले ३ हजार १०२ र नेपाली कांग्रेसका बैजनाथ साहनीले २ हजार ३५६ मत पाए ।
उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार विजयी भएकी छन् । उनले ६ हजार १५४ मत प्राप्त गरेकी छन् ।
जनता समाजवादी पार्टीकी रिमा मिश्राले ५ हजार ९०२ र एमालेकी बसन्ती पाण्डेले ३ हजार ३८ मत पाएकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology