Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकपबाट जर्मनी बाहिरियो, पराग्वे अन्तिम १६ मा

विश्वकपबाट जर्मनी बाहिरियो, पराग्वे अन्तिम १६ मा

images
  • विश्वकपबाट जर्मनी बाहिरियो, पराग्वे अन्तिम १६ मा
    images
    images

    काठमाडौँ । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम ३२ को खेलमा पाराग्वेसँग अतिरिक्त समयसम्म १-१ को बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा ४-३ गोलले  पराजित हुँदै जर्मनीको विश्वकप यात्रा समाप्त भएको हो ।

    images
    images
    images

    रोमाञ्चक पेनाल्टी सुटआउटमा जर्मनीका काई हाभर्ट्स र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले रोकेका थिए । यद्यपि पाराग्वेले पनि सुरुआती अवसरको फाइदा उठाउन सकेन । एन्टोनियो सानाब्रियाको प्रहार पोस्टबाहिर गएको थियो भने फाबियान बाल्बुएनाको प्रहार ४० वर्षीय अनुभवी गोलरक्षक मानुएल नोयरले बचाएका थिए ।

    images
    images
    images

    सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका रक्षक होसे कानालेले निर्णायक गोल गर्दै टोलीलाई ४-३ को पेनाल्टी जित दिलाए । 

    images
    images
    images

    यस जितसँगै पाराग्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने चार पटकको च्याम्पियन जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ ।

    अब अन्तिम १६ मा पराग्वेको भिडन्त फ्रान्स र स्विडेनबीचको विजेतासँग हुने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप फुटबल २०२६
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।