Logo

२०८३, श्रावण ३०गते


images
images

धितोपत्र बोर्डका अध्यक्ष डा. भट्टले गरे पदभार ग्रहण

धितोपत्र बोर्डका अध्यक्ष डा. भट्टले गरे पदभार ग्रहण

images
  • धितोपत्र बोर्डका अध्यक्ष डा. भट्टले गरे पदभार ग्रहण
    images
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले  पदभार ग्रहण गरेका छन् । 

    images
    images
    images

    सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट पद तथा गोपनियताको शपथ गरेपछि उनी धितोपत्र बोर्डको ललितपुरस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    images

    शपथपछि अर्थमन्त्री डा. वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।

    images
    images
    images

    अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न निर्देशन दिदै अर्थमन्त्री डा. वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने परिपाटी रोक्न आग्रह गरेका थिए ।

    भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल धितोपत्र बोर्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।