Logo

२०८३, आश्विन १०गते


images
images

पाल्हिनन्दन गाउँपालिकामा कांग्रेसलाई पराजित गर्दै अध्यक्षमा माओवादी केन्द्र विजयी

पाल्हिनन्दन गाउँपालिकामा कांग्रेसलाई पराजित गर्दै अध्यक्षमा माओवादी केन्द्र विजयी

images
  • पाल्हिनन्दन गाउँपालिकामा कांग्रेसलाई पराजित गर्दै अध्यक्षमा माओवादी केन्द्र विजयी
    images
    images

    नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काग्रेंस विजयी भएको छ । गाउँपालिका अध्यक्षका लागि उम्मेदवार दिएका नेकपा माओवादीका बैजु प्रसाद गुप्ता दिपकले प्रतिस्पर्धी नेपाली काग्रेंसका राजेन्द्र कुमार सहानी केवटलाई ८६ मतले पछि पार्दै विजय भएका हुन । 

    images
    images
    images

    निर्वाचित गुप्ताले ४ हजार ३ सय ८१ मत प्राप्त गरेका  छन् भने उनका निकटतम प्रतिस्पर्धी केवटले ४ हजार २ सय ९५ मत प्राप्त गरेका थिए । 

    images
    images
    images

    गाउँपालिका उपाध्यक्षमा भने नेपाली काग्रेंसले विजयी हासिल गरेको छ । पालिका उपाध्यक्षमा नेकपा माओवादीकी पावित्रा कोहारलाई ५ सय १३ मतान्तरले पराजित गर्दै नेपाली काग्रेंसकी फातिमा खातुन अन्सारी विजयी भएकी छन् । पराजीत कोहारले ३ हजार १ सय ८५ मत प्राप्त गरिन् भने निर्वाचित अन्सारीले ३ हजार ६ सय ९८ मत ल्याउन सफल भइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।