Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

दैलेख दुर्घटना अपडेट : एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

दैलेख दुर्घटना अपडेट : एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

images
  • दैलेख दुर्घटना अपडेट : एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी
    images

    दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार विहिबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो ।

    images
    images
    images

    घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको थियो । उद्धारका क्रममा नदीमा डुबेको अवस्थामा रहेको गाडीबाट एक पुरुषलाई बाहिर निकालेर नगर अस्पताल दुल्लु लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images
    images

    मृतकको पहिचान कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा करिब पाँचदेखि छ जना यात्रु रहेको अनुमान गरिएको छ । अन्य यात्रुको पहिचान र अवस्थाबारे अनुसन्धान तथा खोजी जारी छ ।

    दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्य निरन्तर सञ्चालन भइरहेको छ । सशस्त्र प्रहरी बलका छ जना तालिमप्राप्त गोताखोरको टोली पनि नदीमा परिचालन गरिएको छ ।

    यस घटनासम्बन्धी कुनै भरपर्दो जानकारी भएमा तत्काल जिल्ला प्रहरी कार्यालय दैलेखलाई जानकारी गराइदिन तथा खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गरिदिन प्रहरीले सबैसँग अनुरोध गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।