Logo

२०८३, आश्विन १०गते


images
images

नवलपरासीका दुई सांसदकाे आफ्नै पालिकामा हार

नवलपरासीका दुई सांसदकाे आफ्नै पालिकामा हार

images
  • सेतोमसी सहकर्मी
  • नवलपरासीका दुई सांसदकाे आफ्नै पालिकामा हार
    images
    images

    सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीका केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी(जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व गृहराज्यमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेलले आफ्नै पालिकामा पार्टीका उमेदवारलाई जिताउन नसकेका हुन् । 

    images
    images
    images

    त्रिपाठी र कँडेल नवलपरासीका फरक-फरक निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यसमेत हुन् । जिल्लामा आफ्नो राजनीतिक दबदबा राख्न खोज्ने यी दुई नेताले आफ्नै पालिका जोगाउन नसकेपछि जिल्लाको राजनीतिक वृत्तमा उनीहरुको आलोचना सुरु भएको छ । 

    images
    images
    images

    तत्कालीन राजपा छाडेर सूर्य चुनाव चिन्हबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका त्रिपाठीले अहिले नयाँ दल ( जनता प्रगतिशील पार्टी ) दर्ता गरेर स्थानीय निर्वाचनमा सहभागी भएका हुन् । लामो समयसम्म मधेसवादी दलमा रहेर राजनीति गरेका त्रिपाठीले पछिल्लो पटक सूर्य चुनाव चिन्हबाट चुनाव लडेदेखि नै कार्यकर्ता माझ आलोचित हुँदै आएका थिए ।
     
    चुनाव अवधिभर गृहपालिकामा रहेर उमेदवार जिताउन कसरत गरेका त्रिपाठीले आफ्नै गृहपालिका प्रतापपुर गाउँपालिका जोगाउन सकेनन्। ९ वडा रहेको प्रतापपुरमा नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षसहित ४ वडा जित्दा त्रिपाठीको पार्टी १ वडाध्यक्षमा सिमित बन्न पुग्यो । 

    images
    images
    images

    त्रिपाठीका अध्यक्ष पदका उमेदवार करम हुसेन मियाँ कांग्रेसका उमेशचन्द्र यादवसँग २२ सयको फराकिलो मतान्तरले पराजित भए । उपाध्यक्षमा त्रिपाठीका उमेदवार अञ्जुकुमारी चौधरी कांग्रेसकी मानकुमारी चौधरीसँग १६ सय ४६ को फराकिलो मतान्तरले पराजित भइन् । यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी अञ्जुलाई पार्टीले टिकट नदिएपछि त्रिपाठीले आफ्नो दलमा ल्याएर उमेदवार उठाएका थिए। तै पनि उनले सफलता पाउन सकेनन् । 

    त्यस्तै पार्टीभित्र स्व.खुमबहादुर खड्काको समुहका नेता भनेर चिनिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य कँडेलले पनि आफ्नै पालिका पाल्हीनन्दन गाउँपालिकामा पार्टीका उमेदवारलाई जिताउन सकेनन्। अघिल्लो पटक वडामा उमेदवार जिताउन नसकेर आलोचना खेपेका कँडेलको गृहवडामा अहिले भने कांग्रेसले जितेको छ । 

    अघिल्लो पटक पनि पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको थियो । यसपटक पनि फेरि कांग्रेसलाई हराउँदै माओवादी केन्द्रका पुरानै उमेदवारले बाजी मारेका छन् । उपाध्यक्षमा भने दुवै पटक कांग्रेसले जितेको छ । कांग्रेसका अध्यक्ष पदका उमेदवार राजेन्द्रप्रसाद सहानीलाई माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता (दीपक) ले ८६ मतको झिनो मतान्तरले पराजित गरे । कँडेलको निर्वाचन क्षेत्रमा पर्ने ४ पालिका (पाल्हीनन्दन, सरावल गाउँपालिका, सुनवल नगरपालिका र रामग्राम नगरपालिका सबैमा कांग्रेस पराजित भएको छ। आफ्नै निर्वाचन क्षेत्रका कुनै पालिकामा सफलता हासिल नभएपछि कांग्रेस कार्यकर्ता माँझ कँडेलको पनि आलोचना सुरु भएको छ । 

    केन्द्रीय चुनावमा सधैं यी दुई नेता नै उमेदवार बन्दै आएका छन् । यसपटक पनि दुई नेताहरु संघीय चुनावमा प्रतिस्पर्धा गर्ने सोंचमा रहेको बताइएको छ । तर स्थानीय तहको निर्वाचनको परिणामले यी दुई नेतालाई अप्ठ्यारोमा पार्न सक्ने जिल्लाको राजनीति वृत्तमा आकलन गर्न सुरु गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।