Logo

२०८३, आश्विन ३गते


images
images

एक्लोपनमा एआई च्याटबोट सहयोगी बन्न सक्छ, तर मानवीय सम्बन्धको विकल्प हुदैन

एक्लोपनमा एआई च्याटबोट सहयोगी बन्न सक्छ, तर मानवीय सम्बन्धको विकल्प हुदैन

images
  • एक्लोपनमा एआई च्याटबोट सहयोगी बन्न सक्छ, तर मानवीय सम्बन्धको विकल्प हुदैन
    images
    images

    काठमाडौँ । कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणाली (च्याटबोट) हरूले एक्लोपनसँग संघर्ष गरिरहेका मानिसलाई भावनात्मक रूपमा सहयोग गर्न सक्ने भए पनि त्यसले वास्तविक मानवीय सम्बन्धको स्थान लिन नसक्ने विज्ञहरूले बताएका छन् ।

    images
    images
    images

    येल विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक एमेरिटस पल ब्लुमले च्याटबटहरू एक्लोपनको पीडा कम गर्न उपयोगी हुन सक्ने बताए । उनका अनुसार यदि यस्ता प्रणालीले मानिसको एक्लोपन घटाउन र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सके भने त्यो महत्वपूर्ण उपलब्धि हुनेछ ।

    images
    images
    images

    अमेरिकी मनोवैज्ञानिक सङ्घले हालै सार्वजनिक गरेको सर्वेक्षणअनुसार ५४ प्रतिशत उत्तरदाताले आफूले बेला बेलामा वा प्रायः एक्लोपन महसुस गर्ने बताएका छन् । त्यस्तै ६९ प्रतिशतले पछिल्लो एक वर्षमा आवश्यकजति भावनात्मक साथ नपाएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    यसै कारण धेरै मानिस कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणालीसँग आत्मीयता महसुस गर्न थालेका छन् । कतिपयले त भावनात्मक वा प्रेम सम्बन्धजस्तै अनुभवसमेत गर्न थालेको अध्ययनले देखाएको छ ।

    पल ब्लुमका अनुसार यस्ता च्याटबट प्रयोगकर्ताको कुरा स्वीकार गर्ने, सहमत हुने र आलोचना नगर्ने ढङ्गले तयार गरिएका हुन्छन्। यही विशेषताले तिनीहरूलाई आकर्षक बनाएको भए पनि दीर्घकालमा वास्तविक सम्बन्धमा असर पर्न सक्ने उनको भनाइ छ ।

    उनले निरन्तर आफूसँग असहमति नजनाउने प्रणालीसँग समय बिताउने व्यक्तिलाई वास्तविक जीवनमा हुने मतभेद, सम्झौता र खुला संवाद सम्हाल्न कठिन हुन सक्ने चेतावनी दिएका छन् । हार्भर्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता अनात पेरीले पनि अत्यधिक सहमत हुने कृत्रिम बुद्धिमत्ता प्रणालीले मानिसको सहानुभूति, आत्मविश्लेषण गर्ने क्षमता र फरक विचार बुझ्ने बानी कमजोर बनाउन सक्ने चेतावनी दिएकी छन् ।

    त्यस्तै स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययनले पनि कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणालीहरू मानिसको तुलनामा बहस वा छलफलका क्रममा बढी सहमत हुने देखाएको छ । यसले आलोचना स्वीकार गर्ने र आफ्नै व्यवहार पुनः मूल्याङ्कन गर्ने सामाजिक सीपमा नकारात्मक प्रभाव पार्न सक्ने अध्ययनको निष्कर्ष छ ।

    विज्ञहरूको चिन्तापछि कृत्रिम बुद्धिमत्ता विकास गर्ने कम्पनीहरूले पनि आफ्ना प्रणालीमा परिवर्तन गर्न थालेका छन् । प्रयोगकर्तालाई अनावश्यक रूपमा खुसी पार्ने शैली घटाएर बढी सन्तुलित र जिम्मेवार उत्तर दिने गरी सुधार गरिएको जनाइएको छ । पल ब्लुमका अनुसार कृत्रिम बुद्धिमत्ताले भावनात्मक साथ दिन सक्छ, तर वास्तविक मानवीय सम्बन्धको स्थान लिन सक्दैन। उनले दार्शनिक रेबेका गोल्डस्टिनको सिद्धान्त उल्लेख गर्दै कुनै व्यक्तिले तपाईंलाई साँचो अर्थमा महत्व दिनु, तपाईंका लागि समय निकाल्नु र वास्तविक चासो राख्नु नै मानवीय सम्बन्धको सबैभन्दा ठूलो शक्ति भएको बताए । उनका अनुसार कृत्रिम बुद्धिमत्ता अन्ततः एउटा प्रविधि मात्र हो। त्यसमा मानिसजस्तो वास्तविक भावना, माया वा परवाह हुँदैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृत्रिम बुद्धिमत्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।