Logo

२०८३, श्रावण ३०गते


images
images

समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रज नाई, ब्युटिसियन र पत्रकार सम्मानित

समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रज नाई, ब्युटिसियन र पत्रकार सम्मानित

images
  • समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रज नाई, ब्युटिसियन र पत्रकार सम्मानित
    images
    images

    बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सलुन एन्ड एकेडेमीले १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै अग्रज नाई, ब्युटिसियन, पत्रकार तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा हेयर ड्रेसिङ तथा सौन्दर्यकला क्षेत्रमा योगदान पुर्‍याएका अग्रज नाई नाथु श्रीवास्तव र ब्युटिसियन सुशीला श्रेष्ठलाई सम्मान गरिएको छ । सौन्दर्य पत्रकारितामार्फत सलुन क्षेत्रको प्रवर्द्धनमा योगदान दिएको भन्दै पत्रकार भगवती पाण्डेलाई सम्मान गरियो । त्यस्तै, एक लाख रुपैयाँ नगदसहित  उत्कृष्ट कर्मचारीको रूपमा लक्ष्मी विश्वकर्मा सम्मानित भइन् ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लीडका सम्पादक राजेन्द्र बानियाँले हेयर ड्रेसिङ पेशा केवल सीपमा सीमित नरही आत्मनिर्भरता, सम्मानजनक रोजगारी र उद्यमशीलताको आधार बनेको बताए । अरूले के भन्छन् भन्नेभन्दा आफ्नो कामप्रति समर्पित भएर अघि बढे यही पेशाबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनले उल्लेख गरे ।

    images
    images
    images

    उनले व्यक्तित्व, व्यवहार र सीपलाई निरन्तर परिष्कृत गर्दै ग्राहकको विश्वास जित्न सके सफलता सुनिश्चित हुने बताए । बजारमा हेयर ड्रेसिङ तथा ब्युटी क्षेत्रको सम्भावना अझै व्यापक रहेको उल्लेख गर्दै सीप नै सबैभन्दा ठूलो लगानी भएको र त्यसले विश्वको जुनसुकै स्थानमा पनि रोजगारीको अवसर सिर्जना गर्ने धारणा राखे । सेवा प्रवाहसँगै व्यावसायिक व्यवहार र ग्राहकको विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए ।

    बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरेले सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाउने भएकाले यस्ता तालिममूलक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।

    आईएसओका प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे । उनले आगामी दिनमा पनि गुणस्तर र व्यावसायिकतालाई निरन्तरता दिन आग्रह गरे ।

    एकेडेमीका सञ्चालक मोहन ठाकुरले संस्थाको सुरुवाती यात्रादेखि हालसम्मको प्रगतिको जानकारी दिँदै समृद्धिले सीप विकास, रोजगारी र उद्यमशीलतालाई सँगसँगै अघि बढाएको बताए । उनका अनुसार संस्थामा हालसम्म करिब तीन करोड रुपैयाँ लगानी भइसकेको छ भने देशभर ५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । साथै, तालिम प्राप्त सयौं युवाले स्वरोजगार तथा विभिन्न क्षेत्रमा रोजगारी हासिल गरिसकेका छन् ।

    उनले उच्च दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा आधुनिक पूर्वाधारयुक्त एकेडेमी सञ्चालनमा ल्याइएको जानकारी दिए । एकेडेमीमा एकैपटक ४० जनासम्मलाई व्यावसायिक तालिम प्रदान गर्न सकिने क्षमता रहेको उनले बताए ।

    कार्यक्रममा सहभागीहरूले समृद्धि एकेडेमीले सञ्चालन गरिरहेका यस्ता कार्यक्रमले सौन्दर्यकला तथा हेयर ड्रेसिङ क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र रोजगारीमुखी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समृद्धि सलुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।