Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै

images
  • प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै
    images
    images

    काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    बिहान साढे ८ बजे बस्ने गरि बोलाइएको अर्थ समितिको बैठकमा आर्थिक बर्ष २०८२/८३ मा नेपाल वीमा प्राधिकारणबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, वीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्धमा, बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थान/कम्पनीको ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमी बारे छलफलको कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै बिहान ९ बजेदेखि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    बिहान साढे ८ बजे बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । साथै छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल कुमार चौधरीसँग छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान ९ बजेका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा,छलफलको कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।