२२ बैशाख बुटवल- नेकपा (एमाले) नेतृ एवं माधव नेपाल पक्षधर सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई डुब्नुबाट जोगिन किनारा खोज्न आग्रह गरेकी छन् । बुधवार फेसबुकमा अध्यक्ष ओलीलाइ इङ्गित गर्दै नेतृ झाँक्रीले भनेकी छिन् ‘यदी तिम्रो सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड' ।
प्रधानमन्त्री अोलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा झाँक्रीको यस्तो टिप्पणी आएको हो । उनले आफूहरु डुब्न तयार रहेको पनि टिप्पणी गरेकीछिन ।
हिन्दीको एउटा कहावत लाई जोड्दै उनले यस्तो लेखेकीछिन "हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।
हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology