Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

भारतको पहिलो निजी कक्षीय रकेट विक्रम-१ को सफल प्रक्षेपण

भारतको पहिलो निजी कक्षीय रकेट विक्रम-१ को सफल प्रक्षेपण

images
  • भारतको पहिलो निजी कक्षीय रकेट विक्रम-१ को सफल प्रक्षेपण
    images
    images

    काठमाडौँ । भारतको पहिलो निजी कक्षीय रकेट विक्रम-१ को प्रक्षेपण सफल भएको छ । हैदराबादस्थित निजी अन्तरिक्ष कम्पनी स्काईरुट एरोस्पेसले शनिबार आफ्नो पहिलो प्रयासमै रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो । रकेटको निर्माण र प्रक्षेपण कम्पनीले आफैं गरेको भए पनि प्रक्षेपणस्थल भने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) को प्रयोग गरिएको थियो ।

    images
    images
    images

    रकेटलाई आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट नेपाली समयअनुसार दिउँसो प्रक्षेपण गरिएको हो । सुरुमा निर्धारित समयभन्दा केही मिनेटअघि गणना प्रक्रिया रोकिए पनि प्राविधिक जाँचपछि पुनः सुरु गरी सफल प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । सफलतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कम्पनीका संस्थापक पवनकुमार चन्दनालाई टेलिफोनमार्फत बधाई दिएका छन् ।

    images
    images
    images

    यसअघि स्काईरुटले सन् २०२२ मा विक्रम-एस नामक उपकक्षीय रकेट प्रक्षेपण गरेको थियो, जसले करिब ८९.५ किलोमिटर उचाइसम्म पुगेको थियो । यसपटकको विक्रम-१ भने पृथ्वीको करिब ४५० किलोमिटर उचाइमा रहेको तल्लो वृत्ताकार कक्षामा सफलतापूर्वक पुगेको छ। यसलाई भारतको अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

    images
    images
    images

    ‘मिसन आगमन’ नाम दिइएको यस अभियानअन्तर्गत प्रविधि परीक्षणसँगै कलासम्बन्धी विशेष सामग्री पनि अन्तरिक्षमा पठाइएको छ । ग्रह स्पेस, कोस्मोसर्भ स्पेस, डिक्युब्ड तथा स्काईरुटका आफ्नै अनुसन्धानसम्बन्धी उपकरणहरू रकेटमार्फत अन्तरिक्षमा पठाइएका छन् । यसका साथै कोस्मोस डायमन्ड्सले तयार गरेको ‘कोस्मिक ब्लुम’ नामक कलाकृति र १८ क्यारेट सुनबाट बनाइएको सूक्ष्म रकेट पनि अन्तरिक्षमा पठाइएको छ । उक्त सुनको कलाकृतिमा वैज्ञानिक सी. वी. रमन, विक्रम साराभाई र ए. पी. जे. अब्दुल कलाम का सूक्ष्म आकृतिहरू कुँदिएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै हस्तलेखनमा तयार गरेको ‘वन्दे मातरम्’ लेखिएको पोस्टकार्ड पनि यस अभियानमार्फत अन्तरिक्षमा पठाइएको छ । विक्रम-१ पूर्ण रूपमा हलुका तथा बलियो कार्बन-संयुक्त पदार्थबाट निर्माण गरिएको विश्वकै पहिलो कक्षीय रकेटमध्ये एक मानिएको छ। कार्बन फाइबर इस्पातभन्दा करिब पाँच गुणा हलुका हुने भएकाले रकेटको तौल कम भई इन्धनको उपयोग बढी प्रभावकारी हुने कम्पनीको दाबी छ ।

    रकेटमा तीन चरणका ठोस इन्धन प्रणाली र अन्तिम चरणमा तरल इन्धनमा आधारित कक्षीय समायोजन प्रणाली जडान गरिएको छ । प्रारम्भिक तीन चरणले रकेटलाई पृथ्वीबाट अन्तरिक्षतर्फ तीव्र गतिमा उचाल्ने काम गर्छन् भने अन्तिम तरल इन्धन प्रणालीले अन्तरिक्षमा पुगेपछि उपग्रह वा सामग्रीलाई निर्धारित कक्षामा सही रूपमा स्थापना गर्न, दिशा मिलाउन तथा गति नियन्त्रण गर्न सहयोग पुर्‍याउछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विक्रम-१
  • # रकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।