Logo

२०८३, आश्विन ९गते


images
images

स्पेसएक्सको १३औँ परीक्षण उडान सफल, २० स्टारलिङ्क उपग्रह अन्तरिक्षमा प्रक्षेपण

स्पेसएक्सको १३औँ परीक्षण उडान सफल, २० स्टारलिङ्क उपग्रह अन्तरिक्षमा प्रक्षेपण

images
  • स्पेसएक्सको १३औँ परीक्षण उडान सफल, २० स्टारलिङ्क उपग्रह अन्तरिक्षमा प्रक्षेपण
    images
    images

    काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सले विश्वकै सबैभन्दा ठूलो तथा शक्तिशाली रकेट स्टारसिपको १३औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानमा कम्पनीले पहिलोपटक आफ्ना अत्याधुनिक २० वटा स्टारलिङ्क इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।

    images
    images
    images

    यो अभियान अमेरिकी अन्तरिक्ष निकाय नासाका लागि पनि महत्वपूर्ण मानिएको छ । भविष्यमा यही स्टारसिपमार्फत आर्टेमिस–३ अभियान अन्तर्गत अन्तरिक्ष यात्रीलाई चन्द्रमामा अवतरण गराउने योजना रहेको छ ।

    images
    images
    images

    ४०७ फिट (१२४ मिटर) अग्लो स्टारसिपले टेक्सासको दक्षिणी क्षेत्रमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट उडान भरेको थियो । गत साता इन्जिनमा देखिएको प्राविधिक समस्याका कारण अन्तिम समयमा प्रक्षेपण स्थगित गरिएको थियो । यसपटक भने सबै इन्जिनले सफलतापूर्वक काम गरे र रकेटले निर्धारित रूपमा उडान भर्न सफल भयो ।

    images
    images
    images

    यद्यपि, पहिलो चरणको बुस्टर पृथ्वीमा फर्किने क्रममा सबै इन्जिन पुनः सञ्चालन हुन नसक्दा नियन्त्रित अवतरण हुन सकेन । त्यसपछि बुस्टर तीव्र गतिमा तल झर्दै मेक्सिकोको खाडीमा खसेको थियो। यसका बाबजुद अभियानको मुख्य उद्देश्य भने पूर्ण रूपमा सफल भएको स्पेसएक्सले जनाएको छ ।

    बुस्टरबाट छुट्टिएपछि स्टारसिप अन्तरिक्षतर्फ अघि बढ्दै करिब २०० किलोमिटर उचाइमा पुगेर एक–एक गर्दै २० वटा अत्याधुनिक स्टारलिङ्क उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । झण्डै एक घण्टाको उडानपछि स्टारसिप भारतीय महासागरमा सुरक्षित रूपमा अवतरण गरेको थियो। अवतरणपछि केही समयसम्म यान पानीको सतहमा तैरिएको समेत स्पेसएक्सले जनाएको छ। सफल परीक्षणपछि कम्पनीका कर्मचारीहरूले खुसी व्यक्त गरेका छन्।

    नयाँ प्रक्षेपण गरिएका स्टारलिङ्क उपग्रहहरूले अन्तरिक्षमा पहिलेदेखि सञ्चालनमा रहेका स्टारलिङ्क उपग्रहसँग लेजर प्रविधिमार्फत सफल सम्पर्क स्थापना गरेका छन् ।

    हाल स्पेसएक्सका १० हजारभन्दा बढी स्टारलिङ्क उपग्रहले विश्वभर इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। यससँगै स्टारलिङ्क विश्वकै सबैभन्दा ठूलो उपग्रह सञ्जाल बनेको छ।

    यस अभियानमा छ वटा नयाँ स्टारलिङ्क उपग्रहमा क्यामेरा जडान गरिएको थियो। ती क्यामेराले उडानको अन्तिम चरणमा स्टारसिपको ताप प्रतिरोधी आवरणका तस्बिरहरू पृथ्वीमा पठाएका थिए।

    वैज्ञानिकहरूले ताप प्रतिरोधी आवरणमा विभिन्न संवेदक पनि जडान गरेका थिए, जसबाट पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा अत्यधिक तापक्रम र चापले पार्ने प्रभावको अध्ययन गरिनेछ। केही टायललाई जानाजानी सेतो रङ लगाएर कुनै टायलमा क्षति पुगे पनि सुरक्षा प्रणाली कति प्रभावकारी रहन्छ भन्ने परीक्षण गरिएको थियो।

    स्पेसएक्सकी इन्जिनियर केट टाइसले यसलाई "भाग्यशाली १३औँ उडान" भन्दै अभियानको नतिजाप्रति कम्पनी अत्यन्त उत्साहित रहेको बताएकी छन्।

    नासाले स्टारसिपको परीक्षण चाँडै पूरा भएर नियमित कक्षीय उडानका लागि तयार होस् भन्ने चाहेको छ। त्यसपछि आर्टेमिस–३ अभियान अन्तर्गत तीन अमेरिकी र एक इटालीका अन्तरिक्ष यात्रीले चन्द्रमातर्फ प्रस्थान गर्नुअघि आफ्नो अन्तरिक्षयानलाई स्टारसिपसँग जोड्ने अभ्यास गर्नेछन्।

    मस्कको दीर्घकालीन लक्ष्य भने स्टारसिपमार्फत मानवलाई मङ्गल ग्रहमा पुर्‍याई त्यहाँ स्थायी बस्ती बसाउने रहेको छ। उनले भविष्यमा चन्द्रमा र मङ्गल ग्रहमा पर्यटकीय यात्रासमेत सञ्चालन गर्ने योजना सार्वजनिक गरिसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।