सुनवल । पश्चिम नवलपरासीका लागि संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरिएको बताईएको छ ।
पालिकाहरु मध्य सबैभन्दा बढी बजेट रामग्राम नगरपालिकाले प्राप्त गरेको छ । रामग्राम नगरपालिकाले संघीय सरकारद्धारा ५६ करोड ९ लाख बजेट पाएको छ ।
यस्तै बर्दघाट नगरपालिकाले ५३ करोड १४ लाख र सुनवल नगरापलिकाले ४८ करोड ५९ लाख बजेट पाएको छ ।
प्रतापपुर गाउँपालिकाले ४२ करोड २७ लाख, पाल्हिनन्दन गाउपालिकाले ३५ करोड १३ लाख, सरावल गाउपालिकाले ३५ करोड २ लाख र सुस्ता गाउँपालिकाकाले ३० करोड ९२ लाख बजेट प्राप्त गरेको छ । ७ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा कम बजेट भने सुस्ता गाउँपालिकाले प्राप्त गरेको हो ।
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशले कुल १८ अर्ब ४७ करोड ६४ लाख बजेट प्राप्त गरेको बताईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology