Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

मुग्लिन–नारायणगढ सडकमा आज राति सवारी आवागमन बन्द हुने

मुग्लिन–नारायणगढ सडकमा आज राति सवारी आवागमन बन्द हुने

images
  • मुग्लिन–नारायणगढ सडकमा आज राति सवारी आवागमन बन्द हुने
    images
    images

    काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय, चितवनले मंगलबार सूचना जारी गर्दै मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले मानवीय जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।

    images
    images
    images

    प्रशासनका अनुसार यो निर्णय आज साउन १२ गते राति ८ बजेदेखि भोलि साउन १३ गते बिहान ५ बजेसम्म लागू हुनेछ। उक्त अवधिमा मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    images
    images
    images

    यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय चितवनसँग सम्पर्क गर्न आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन–नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।