Logo

२०८३, आश्विन ९गते


images
images

टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

images
  • टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन
    images
    images

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका टेलिफोन टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी समन्वय गर्दै तत्काल कार्ययोजना बनाएर काम अघि बढाउन निर्देशन दिएका छन्।

    images
    images
    images

    बुधबार सञ्चार मन्त्रालयमा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पदाधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्र सीमित नभई परिणाममुखी ढङ्गले काम गर्नुपर्ने बताए।

    images
    images
    images

    उनले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गरी कार्यसमूह गठन गर्न तथा टेलिकमका टावरमा विद्युत् पहुँच विस्तारका लागि स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिए। साथै विद्युत् पुगेका स्थानमा पनि कम भोल्टेजका कारण सेवा प्रभावित हुने समस्या समाधान गर्न वितरण प्रणालीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए।

    images
    images
    images

    सञ्चारमन्त्री तिमिल्सिनाले चौथो पुस्ताको मोबाइल सेवाको गुणस्तर सुधार गर्दै क्रमशः पाँचौँ पुस्ताको सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिन र दुर्गम क्षेत्रमा टेलिफोन तथा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

    छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हाल नेपाल टेलिकमका ३१६ वटा टावर राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् नपुग्दा सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेको जानकारी दिइन्। उनका अनुसार नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको छ, जसमध्ये करिब एक हजार चार सय टावरमा नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने आवश्यकता छ।

    नेपाल विद्युत् प्राधिकरणले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले राष्ट्रिय प्रसारण लाइन पुग्न कठिन भएका दुर्गम क्षेत्रमा सौर्य तथा अन्य वैकल्पिक ऊर्जामार्फत टेलिकम सेवा सञ्चालनमा सहयोग गर्ने जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।