कृष्ण अन्जान, पाल्पा । साँझ परेपछि नेवारी खाजाका पारखीहरु तानसेन रिडी तम्घास माेटरबाटाेकाे कुसेनी खण्डदेखि दुन्दुरे छहरा जाने बाटाे छिचोल्दै नरेन्द्र शाक्यकाे रेष्टुरेन्ट तिर पुग्छन । याे श्रृङखला शुरु भएकाे धेरै दिन त भएकाे छैन तर नेवारी खाजाका लागि यतिबेला नरेन्द्र शाक्यकाे सानै भएपनि खाजा घर चर्चामा छ ।
रुरुक्षेत्र गाउँ पालिका वडा न १ लामाचौतारी क्षेत्रकाे ठाडाे गल्ली नजिकै पुर्ख्यौली घर भएका शाक्यकाे करिब २० राेपनि जग्गा तानसेन नगरपालिकाकाे वडा नं. १४ कुसेनीमा छ र यहि जग्गालाई सदुपयोग गर्दै शाक्यले एउटा सानाे छाप्राे बनाएर रेष्टुरेन्ट चलाएका छन ।
करिब १८ वर्ष भारतका विभित्र शहरहरुमा हाेटलमा राेजगारीकाे जीवन बिताएका उनलाई रिडी बजारकाे पुर्ख्यौलि थलाेले तान्याे ।
"आफ्नो ठाउँ र गाउँ साह्रै प्यारो हुने रैछ । त्यसैले रिडी फर्केँ, घरमा त्यसै बस्नुभन्दा जीवन सँगिनीसँग छलफल गरेपछि बाबुकाे विरासत याे जग्गालाई उपयाेग गर्दै रेष्टुरेन्ट शुरु गरेँ" शाक्यले भने ।
नेवारी खाजाका पारखीका अनुसार नरेन्द्र शाक्यकहाँ पाक्ने सुकुुटी र छाेईलाकाे स्वाद तानसेन देखि उता लागेपछि सबैभन्दा स्वादिलो र स्वादिष्ट छ । त्यसाे त उनकाे रेष्टुरेन्टमा चाउमिन र म:म पनि बन्छ तर सुकुटी र छाेएला ब्रान्डेड बनेकाे छ ।
"मुख्यरुपमा रिडीबजार र आसपासका पारखीहरुका लागि स्तरिय नेवारी खाजाकाे राेजाईमा पर्ने परिकार पस्कने मेराे तयारी हाे, याे शुरुवात हाे, बिस्तारै मेराे रेष्टुरेन्टकाे स्वाद चाख्नै पर्नेगरि परिकारका भेराईटिहरु बढाउने विचारमा छु" शाक्यले भने ।
हुनपनि यतिबेला पैसाकाे मुल्य भन्दापनि जिब्रोकाे स्वाद खाेज्दै पारखीहरु हिँडेकाे पाईन्छ । यिनै पारखीका लागि नरेन्द्र शाक्यकाे याे नयाँ रेष्टुरेन्टले विशेष स्वाद पस्केकाे छ ।
नरेन्द्र शाक्य रेष्टुरेन्टमा मात्र सिमित रहने बिचारमा छैनन । बाबू बाजेकाे विरासतकाे रुपमा रहेकाे जग्गालाई उपयाेग गर्दै सुविधा सम्पन्न रिसाेर्ट र कटेज बनाउने शुरमा छन, उनी ।
जंगलकाे बिचमा रहेकाे उनकाे जग्गा रिडीखाेलाकाे नजिकै बान्की मात्र मिलाेकाे छैन, कि बातावरणिय हिसाबले पनि उपयुक्त छ ।
यतिबेला रुरुक्षेत्र पर्यटकहरुकाे राेजाईमा छ । रिडीबजार क्षेत्र घरहरुले खुम्चिँदै गर्दा नरेन्द्र शाक्यकाे जग्गा वास्तवमै ठुलै रिसाेर्टका लागि अत्यन्तै पाई परेकाे छ जहाँ रिडी आउने पर्यटक सजिलै पुग्न सक्छन ।
सानै रेष्टुरेन्टबाट शुरु गरेका नरेन्द्र शाक्यकाे याे प्रयासले सार्थक रुप लिने मात्र हाेईन, भविष्यमा ठुलै रिसाेर्टले पर्यटकहरुलाई आकर्षित गर्नेमा दुईमत छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology