Logo

२०८३, श्रावण ३०गते


images
images

कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने

कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने

images
  • कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक दिउसो १ बजेदेखि बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२' पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज भिष्मराज आङ्देम्बेले 'वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवम् सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गराउन आवश्यक भएकोले" भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रस्तावका समर्थक ऐन बहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोबिता गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।