Logo

२०८३, श्रावण २७गते


images
images

संस्कृति संरक्षणका लागि पहिचान सामग्री वितरण

संस्कृति संरक्षणका लागि पहिचान सामग्री वितरण

images
  • संस्कृति संरक्षणका लागि पहिचान सामग्री वितरण
    images
    images

    गुल्मी । मुसिकोट नगरपालिकाले आदिवासी जनजाति सञ्जाललाई संस्कृति संरक्षणका लागि पहिचान सामग्री वितरण गरेको छ ।

    images
    images
    images

    विश्व आदिवासी दिवस (अगस्ट ९) अर्थात् साउन २४ लाई लक्षित गर्दै नगरपालिकाले शुक्रबार साउन २२ गते आदिवासी जनजाति सञ्जालमा आबद्ध पाँच जातिका प्रतिनिधिलाई सम्बन्धित समुदायको पहिचान झल्काउने सामग्री वितरण गरेको हो ।

    images
    images
    images

    वितरण गरिएका सामग्रीमा छन्त्याल समुदायलाई धनुष, तीर र तुल, नेवार समुदायलाई ढोल र झ्याली तथा मगर, गुरुङ र कुमाल समुदायलाई मादल र दम्फु रहेका छन् ।

    images
    images
    images

    नगरपालिकाको औपचारिक कार्यक्रममा बोल्दै नगर प्रमुख जीवन खरेलले आदिवासी जनजातिका लागि पहिचान र संस्कृति संरक्षणसँगै क्षमता विकास तथा आर्थिक वृद्धिलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

    उनले लक्षित वर्गको हित र अधिकारका विषयमा स्थानीय सरकारसम्म सबै समुदायको आवाज पु¥याउने उद्देश्यले आदिवासी जनजाति सञ्जाल गठन गरिएको बताए । प्रत्येक बस्तीमा नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमबारे जानकारी पु¥याउन तथा समुदायका समस्या र आवश्यकतालाई स्थानीय सरकारसम्म ल्याउन सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

    नगर प्रमुख खरेलले समुदायका समस्या र आवश्यकता समुदायका सदस्यलाई नै बढी जानकारी हुने भएकाले नगरपालिकाको योजनाबाहेक आवश्यक कार्यक्रमको योजना बनाएर नगर सरकारसमक्ष माग गर्न सञ्जाललाई आग्रह गरे ।

    उनले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न नगरपालिकाले आवश्यक कानुन तथा कार्यविधि निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा पनि लक्षित समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

    सबै जातजातिको आवाज स्थानीय सरकारसम्म पुगोस् भन्ने उद्देश्यले सञ्जाल गठन गरिएको बताउँदै उनले विभिन्न समुदायलाई एउटै थलोमा ल्याउने वातावरण निर्माण गरिएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुसिकोट नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।