Logo

२०८३, आश्विन १२गते


images
images

वामिमा महिला हत्याका आराेपि जेल चलान

वामिमा महिला हत्याका आराेपि जेल चलान

images
  • सेतोमसी सहकर्मी
  • वामिमा महिला हत्याका आराेपि जेल चलान
    प्रतीकात्मक तस्बिर
    images
    images

    लाेक प्रसाद छन्त्याल, वामिटक्सार । मुसिकोट नगरपालिका  ७ वामीमा होटेल सञ्चाल गर्दै आएकी ५८ वर्षीया गंगा भन्ने गोपालकुमारी शेरचनको हत्या आरोप लागेका तीनजना जेल चलान भएका छन् ।  

    images
    images
    images


    जेल चलान हुनेहरुमा मकवानपुरका लोकबहादुर दर्लामी, सिन्धुपाल्चोकका शिवबहादुर तामाङ र बाग्लुङका थम्मन घर्ती रहेका छन ।गत १५ माघमा शेरचनलाई प्लास्टिकको टेपले हातखुट्टा र मुख बाँधेर हत्या गरेको आरोप उनिहरुलाई छ । हत्या भएको डेढ महिनापछि प्रहरीले बाग्लुङका घर्तीसहित तीनजनालाई पक्राउ गरेर अदालत पेस गरेको थियो । 
    घर्तीको सहयोगमा हत्या गर्न मकवानपुर र सिन्धुपाल्चोकबाट दर्लामी र तामाङ आएको देखिएको छ । तीनैजना संगठित अपराधमा सहभागी भएको पाइएको छ । दर्लामीविरुद्ध ०६५ मा अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरमा मुद्दा चलेको थियो । ०७५ मा चोरी तथा डाका कसुरमा इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
    तामाङविरुद्ध ०६२ मा डाका चोरी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुर र ०७८ मा अभद्र व्यवहार कसुरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको थियो ।  गुल्मीका प्रहरी प्रबक्ता डिल्ली नारायण पाण्डेका अनुसार एकजना अझै फरार रहेको र उनको खोजी भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुसिकोट नगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।