काठमाडौँ । भारतविरुद्धको टेस्ट सिरिजका लागि श्रीलंकाले १६ सदस्यीय टोली घोषणा गरेको छ । तीन वर्षपछि निरोशन डिकवेला टेस्ट टोलीमा फर्किएका छन् भने तीव्र गतिका बलर दिलशान मदुशंकाले पनि टोलीमा पुनरागमन गरेका छन् ।
२५ वर्षीय स्पिनर केशरा नुवन्था र ब्याटर पसिन्दु सूरियाबन्दराले पहिलोपटक टेस्ट टोलीमा स्थान पाएका छन् । नुवन्थाले भारत ‘ए’ विरुद्ध गालेमा तथा भारतविरुद्धको अभ्यास खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए । घाइते पाथुम निसान्का र कुशल मेन्डिस भने टोलीमा छैनन् । निसान्का नाडीको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका छन् भने मेन्डिस तिघ्राको चोटका कारण बाहिर छन् ।
श्रीलंकाले घरेलु सिरिजका लागि चार विशेषज्ञ तीव्र गतिका बलर छनोट गरेको छ । असिथा फर्नान्डो, लाहिरु कुमारा, विश्व फर्नान्डो र दिलशान मदुशंका टोलीमा छन्। अलराउन्डर मिलान रत्नायके पनि तीव्र गतिका बलिङ विकल्पका रूपमा रहेका छन् ।
भारतविरुद्धको पहिलो टेस्ट शनिबार गालेमा सुरु हुनेछ । दोस्रो तथा अन्तिम टेस्ट अगस्ट २३ देखि कोलम्बोस्थित एसएससी मैदानमा खेलिनेछ ।
श्रीलंकाको १६ सदस्यीय टोली: धनञ्जय डी सिल्भा (कप्तान), लाहिरु उदारा, निशान मदुशंका, कामिन्दु मेन्डिस, दिनेश चान्दिमाल, पसिन्दु सूरियाबन्दरा, सोनाल दिनुषा, निरोशन डिकवेला, रमेश मेन्डिस, प्रभात जयसूर्या, केशरा नुवन्था, मिलान रत्नायके, असिथा फर्नान्डो, लाहिरु कुमारा, विश्व फर्नान्डो र दिलशान मदुशंका ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology