मौसम खराब हुँदा जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो।
कुवेतबाट आएको जहाज आज बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा मौसम खराब भएपछि भैरहवा पठाइएको थियो।
भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जजिराको जे नाइन ५४१ जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको छ।
आज बिहान करिब ६:५० मा उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology