Logo

२०८३, भाद्र १गते


images
images

पुस्तक विमोचन

डा. कृष्णप्रसाद न्यौपानेको ‘बौद्धकालीन देवदह’ पुस्तक विमोचन

डा. कृष्णप्रसाद न्यौपानेको ‘बौद्धकालीन देवदह’ पुस्तक विमोचन

images
  • डा. कृष्णप्रसाद न्यौपानेको ‘बौद्धकालीन देवदह’ पुस्तक विमोचन
    images
    images

    देवदह । देवदहको बौद्धकालीन इतिहास, संस्कृति, सामाजिक अवस्था र जनजीवन समेटिएको पुस्तक ‘बौद्धकालीन देवदह’ विमोचन गरिएको छ ।

    images
    images
    images

    शिखा बुक्सद्वारा प्रकाशित पुस्तकका लेखक डा. कृष्णप्रसाद न्यौपाने हुन् । आइतबार देवदहमा एक समारोह बीच लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. गीतु गिरीले पुस्तक विमोचन गरे ।

    images
    images
    images

    पुस्तक विमोचनमा बोल्दै प्रा. डा. गिरीले देवदहको ऐतिहासिक तथा पुरातात्विक पहिचान स्थापित गर्न अझै गहिरो अनुसन्धान र वैज्ञानिक उत्खनन आवश्यक रहेको बताए । देवदहको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन थप अकाट्य पुरातात्विक प्रमाण आवश्यक रहेको उनको भनाइ छ ।

    images
    images
    images

    उनले देवदह क्षेत्रका खयर डाँडा, बंगाला-बंगाली र कन्यामाई-बैरीमाई लगायतका ऐतिहासिक स्थलमा प्राचीन संरचनाका प्रमाण भेटिए पनि तिनको पूर्ण उत्खनन हुन बाँकी रहेको बताए । देवदहको पुरातात्विक अन्वेषण र संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै लुम्बिनी विकास कोषको समेत समन्वय आवश्यक रहेकोमा उनले जोड दिए ।

    देवदहका पुरातात्विक सम्पदाको संरक्षण सरकारको मात्र दायित्व नभएको उल्लेख गर्दै गिरीले स्थानीय नागरिकमा समेत सम्पदा संरक्षणसम्बन्धी सचेतना आवश्यक रहेको बताए । उनले देवदहको खोज, अनुसन्धान र पहिचानमा योगदान पुर्‍याउने अग्रजहरूको योगदानलाई स्मरण गर्नुपर्ने बताए ।

    गिरीले लेखक न्यौपानेले पुस्तकमा चिनियाँ यात्रीका यात्रा विवरण तथा विभिन्न बौद्ध ग्रन्थमा रहेका महत्वपूर्ण तथ्यलाई समेटेर अनुसन्धानलाई थप समृद्ध बनाएको भन्दै प्रशंसा गरे ।

    कार्यक्रममा पुस्तकको समीक्षा गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख आचार्य दयानिधिले पुस्तकको दार्शनिक, साहित्यिक र प्राज्ञिक पक्ष महत्वपूर्ण रहेको बताए । उनले पुस्तकको आवरणमा रहेको बुद्धको ध्यानमुद्रा, दहमा फुलेका कमलका फूल र पूर्ण चन्द्रमालाई ज्ञान, ध्यान, प्रज्ञा र समाज रूपान्तरणसँग जोडेर व्याख्या गरे ।

    आचार्य दयानिधिले पुस्तकका १० अध्यायलाई बौद्ध दर्शनका १० पारमिता तथा १० भूमिसँग जोडेर हेर्न सकिने बताए । ''यो पुस्तक बौद्ध इतिहास र त्रिपिटक साहित्यबारे आधारभूत जानकारी नभएका सामान्य पाठकदेखि प्राज्ञिक क्षेत्रका व्यक्तिसम्मका लागि ज्ञानको सेतु बन्न सक्छ'' उनले भने । 

    उनले नेपाली समाजले विदेशी सिद्धान्तको पछि लाग्नुभन्दा आफ्नै माटोमा जन्मिएका बुद्ध, कपिल ऋषि लगायतका दार्शनिक तथा आचार्यका विचारलाई अध्ययन र व्यवहारमा ल्याउनुपर्ने बताए । पुस्तकले स्वदेशी दर्शन र ज्ञान परम्परालाई पुनः बहसमा ल्याउने आधार तयार गरेको उनको भनाइ थियो ।

    लेखक, साहित्यकार तथा समीक्षक निर्मल ढुङ्गानाले ‘बौद्धकालीन देवदह’ देवदहले करिब २० वर्षअघि नै पाउनुपर्ने महत्वपूर्ण कृति भएको बताए । लेखक डा. न्यौपानेसँग पाल्पाको ‘धम्म सीस’ मा विपश्यना ध्यानका क्रममा देवदहको ऐतिहासिकताबारे छलफल सुरु भएको स्मरण गर्दै उनले पछि शिखा बुक्सका प्रकाशक पुष्प पौडेलसँगको भेटले पुस्तक प्रकाशनको वातावरण बनेको बताए ।

    ढुङ्गानाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने क्रममा प्रा. डा. गीतु गिरी र शोध निर्देशक आचार्य दयानिधिको निर्देशनमा लेखक न्यौपानेको शोधपत्र पढेको र त्यसलाई पुस्तकका रूपमा प्रकाशन गर्न पटक–पटक सुझाव दिएको बताए । पुस्तकको सम्पादन कार्यमा आफू पनि संलग्न रहेको उनले जानकारी दिए ।

    त्रिपिटक तथा चिनियाँ यात्रीका यात्रा विवरणको तुलनात्मक अध्ययनका आधारमा रोहिणी नदी देवदहको ऐतिहासिक पहिचान पुष्टि गर्ने महत्वपूर्ण भौतिक आधार रहेको ढुङ्गानाको भनाइ छ । उनले विगतमा तिनाउ नदी अहिलेको बहाव क्षेत्रभन्दा फरक मार्ग हुँदै बुटवलको पछाडि सुक्खानगर क्षेत्रबाट बगेर रोहिणी नदीमा मिसिने गरेको अध्ययनबाट देखिएको बताए ।  

    लेखक डा. न्यौपानेले लामो समयको अध्ययन तथा अनुसन्धानपछि पुस्तक तयार गरेको बताए । उनले आफूले २१ वर्षअघि स्नातकोत्तर तहमा अध्ययन गर्दादेखि देवदहको इतिहासबारे अनुसन्धान सुरु गरेको जानकारी दिए । मंगल पुष्करिणी दह, बौद्धकालीन देवदह, रोहिणी नदीको पानी विवादका क्रममा बुद्धले दिएको उपदेश तथा तत्कालीन सामाजिक अवस्थालगायतका विषयमा अध्ययन गरी पुस्तक तयार गरिएको उनले बताए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘कोलिय तथा शाक्य गणराज्यको अध्ययन’ विषयमा पीएचडी गरेका न्यौपानेले आफ्नो पीएचडी अनुसन्धानलाई थप विस्तार गर्दै पुस्तकमा बौद्धकालीन देवदहको जनजीवन, सामाजिक अवस्था र ऐतिहासिक पक्षलाई समेटिएको बताए ।

    पुस्तकमा वर्तमान देवदह नै बौद्धकालीन देवदह भएको निष्कर्षमा पुग्न सकिने विभिन्न आधार र प्रमाण प्रस्तुत गरिएको लेखक न्यौपानेको भनाइ छ । उनले आगामी दिनमा कोलिय वंशको इतिहास र नालीबेलीबारे थप गहिरो अनुसन्धान गर्ने योजना रहेको बताए ।

    युगीन साहित्य समाज र देवदह डेभलपमेन्ट सोसाइटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्यालले देवदह विशेष गीत प्रस्तुत गरेका थिए भने साहित्यकारहरुले कवितावाचनसमेत गरेका थिए ।

    देवदह डेभलपमेन्ट सोसाइटीका अध्यक्ष भीमप्रसाद गुरुङको अध्यक्षता रहेको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, बौद्ध दर्शन अध्येता  रामबहादुर गुरुङ लगायतले बिचार राखेका थिए । 

    कार्यक्राममा युगीन साहित्य समाजका अध्यक्ष गणेश न्यौपाने स्वागत तथा साहित्यकार यज्ञ प्रसाद न्यौपानेको संचालन रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बौद्धकालीन देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।