Logo

२०८३, आश्विन १७गते


images
images

देवदहका ट्याक्टर व्यवसायि आन्दोलित, नगरपालिकामा बुझाए ज्ञापनपत्र

देवदहका ट्याक्टर व्यवसायि आन्दोलित, नगरपालिकामा बुझाए ज्ञापनपत्र

images
  • देवदहका ट्याक्टर व्यवसायि आन्दोलित, नगरपालिकामा बुझाए ज्ञापनपत्र
    images
    images

    देवदह । नदीजन्य पदार्थको नियमित तथा वैज्ञानिक व्यवस्थापन, साना ट्याक्टर व्यवसायीको हकहित संरक्षण र व्यवसायिक सुरक्षाको माग गर्दै देवदह ट्याक्टर व्यवसायी संघले देवदह नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

    images
    images
    images

    संघले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको सहज तथा नियमित निकासी नहुँदा ट्याक्टर व्यवसायमा आश्रित व्यवसायी, चालक, सहचालक तथा मजदुरको रोजीरोटी प्रभावित भएको जनाउँदै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको हो । साना पुँजी लगानी गरेर ट्याक्टर सञ्चालन गर्दै आएका सयौं व्यवसायीको व्यवसाय संकटमा परेको भन्दै संघले समस्या तत्काल समाधान गर्न नगरपालिकासँग माग गरेको छ ।

    images
    images
    images

    संघले वातावरणीय प्रभाव मूल्याङ्कनको सीमाभित्र रही स्थानीय विकास निर्माणका लागि आवश्यक नदीजन्य पदार्थको तत्काल व्यवस्थापन गर्न माग गरेको छ । कानुनी जटिलता भए त्यसको समाधानका लागि नगरपालिकाले पहल गर्नुपर्ने संघको धारणा छ ।

    images
    images
    images

    त्यस्तै, दीर्घकालीन रूपमा उत्खनन गर्न मिल्ने क्षेत्र पहिचान गरी पारदर्शी टेन्डर प्रक्रियाबाट नदीजन्य पदार्थको व्यवस्थापन गर्नुपर्ने माग संघले अघि सारेको छ । यसबाट ठूला तथा राष्ट्रिय आयोजनाका लागि आवश्यक निर्माण सामग्रीको आपूर्ति सहज हुनुका साथै नगरपालिकाको राजस्वसमेत वृद्धि हुने संघको दाबी छ ।

    Trac 1.jpeg

    Trac 2.jpeg

    संघले नदीजन्य पदार्थ उत्खननमा ठूला मेसिनको अनियन्त्रित प्रयोगप्रति समेत आपत्ति जनाएको छ । एक्साभेटर, लोडरलगायतका मेसिनको अत्यधिक प्रयोगले प्राकृतिक स्रोतको दोहन बढेको भन्दै मानवीय श्रमलाई प्राथमिकता दिई दिगो र वातावरणमैत्री स्रोत व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

    साना व्यवसायीलाई समान अवसर उपलब्ध गराउन नगरपालिकाले स्पष्ट समयतालिका बनाएर पारदर्शी रूपमा रोयल्टी तथा कर संकलनको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ । 
    संघले ट्याक्टर व्यवसायीलाई ‘खोला दोहनकर्ता’ का रूपमा हेर्ने प्रवृत्ति अन्त्य गरी व्यवसायी तथा मजदुरप्रति सकारात्मक वातावरण निर्माण गर्न स्थानीय सरकार, प्रशासन र सरोकारवाला निकायसँग आग्रह गरेको छ । सेवामूलक व्यवसायका रूपमा ट्याक्टर व्यवसायमा लाग्ने करको पुनरावलोकन वा छुट तथा अनावश्यक जरिवाना फिर्ताको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

    ट्याक्टर व्यवसायिका समस्या समाधानमा लागि स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा व्यवसायीबीच संवाद र समन्वय आवश्यक रहेको जनाउँदै संघले आँफुहरुका माग यथाशीघ्र सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

    संघले देवदह नगरपालिकाका प्रमुख तथा उपप्रमुखसमक्ष उक्त मागसहितको ज्ञापनपत्र पेश गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।