धादिङ । पृथ्वी राजमार्गअन्तर्गत मझिमटारमा पैदल यात्रुलाई सडक वारपार गर्न सहज, सुरक्षित र व्यवस्थित बनाउन आकाशे पैदल पुल निर्माण भइरहेको छ ।
सडक निर्माण तथा स्तरोन्नतिको क्रममा पैदल यात्रुको सुरक्षालाई ध्यानमा राख्दै पुल निर्माण अघि बढाइएको हो । व्यस्त राजमार्गमा सडक वारपार गर्दा हुन सक्ने दुर्घटनाको जोखिम कम गर्न आकाशे पुल उपयोगी हुने नागढुंगा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।
राजमार्ग क्षेत्रमा पैदल यात्रुको चाप र सवारीसाधनको आवतजावतलाई ध्यानमा राख्दै सडक सुरक्षाका संरचनालाई प्राथमिकताका साथ निर्माण गर्ने काम भइरहेको जनाइएको आयोजनाले जनाएको छ ।
आकाशे पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा पैदल यात्रुले सवारीसाधनको जोखिमबिना सडक वारपार गर्न सक्नेछन् भने यसबाट राजमार्गमा पैदल यात्रुको आवतजावत थप सुरक्षित र व्यवस्थित हुने आयोजनाले बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology